नेकपा (बहुमत) द्वारा पहिरोमा परि ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त

रुकुम पश्चिम : जिल्लामा अबिरल बर्षाका कारण आठबिसकोट नगरपालिका र सानोभेरी गाउँपालिकामा पहिरोमा परि ज्यान गुमाउनेप्रति नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले श्रद्धाञ्जली व्यक्त गरेको छ ।

आठबिसकोट नगरपालिका वडा नं. १४ पिपलचौरमा गएको भदौ १२ गते आइतबार गएको पहिरोमा परि ज्यान गुमाउने जाजरकोट जिल्ला नलगाड नगरपालिका मैदीकी ३० बर्षीय बागमती राणा र उहाँकी छोरी २ बर्षीय प्रतीक्षा राणाप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकमा परेका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ । एवम् यसै पहिरोमा परि उद्वार गरिएकी १२ बर्षीय तृष्णा राणाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ । साथै सानोभेरी गाउँपालिका वडा नं. ३ मा गएको पहिरोमा परि मृत्यु हुने दलवीर गुरुङप्रति पनि हार्दिक श्रद्धाञ्जली र उहाँको परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ । जिल्ला पार्टी संयोजक प्रेम प्रशान्त बोहोराद्वारा हस्ताक्षर शोक वक्तव्यमा भनिएको छ ।

साथै मृतकहरूको परिवारलाई उचित राहात तथा क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचारको प्रबन्ध मिलाउन र अन्य क्षति भएको जनधनको विवरण सङ्कलन गरि क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गर्दछौँ । बर्षात अझैँ बाँकी भएकाले हुनसक्ने सम्भावित बाढी र पहिरोबाट बच्न सचेतता अपनाउन सम्पूर्ण जनसमुदायलाई हार्दिक अनुरोध गर्दछौँ । वक्तव्यको अन्त्यमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :