नेकपा (बहुमत) मधेश प्रदेशले महान् सहिदहरूको स्मृति दिवस मनायो

नेकपा (बहुमत) मधेश प्रदेशले महान् सहिदहरूको स्मृति दिवस मनायो

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) मधेश प्रदेश ब्युरोको राष्ट्रिय जागरण तथा संगठन बिस्तार अभियान टिमले मनायो सहिद स्मृति दिवस २०६० भदौ १३ गते तत्कालिन शाही सेनाबाट सामुहिक हत्या गरिएका महान् सहिदहरूको स्मृति दिवस मनाईयो ।

महान् सहिद गणेश पाण्डे ‘तारा’, सहिद भगवती स्याङ्बो ‘सिमाना’, सहिद बेचु पौडेल, सहिद सरला देबकोटा ‘संरचना’ चारजना महान् सहिदहरूको २० औँ स्मृति दिवसमा प्रमुख अतिथि नेकपा (बहुमत) का केन्द्रीय सचिवालय सदस्य तथा मधेश प्रदेश ब्युरो इन्चार्ज नयन अतिथिहरूमा नवौँ महाधिवेशन आयोजक कमिटी सदस्यहरू सुमन, बिमला, गोबिन्द लगायतको उपस्तिथि रहेको थियो । अध्यक्षता इमानले गरेका थिए भने सञ्चालन युवा जनस्वयम्सेबक, नेपाल केन्द्रीय उपाध्यक्ष अबिनासले गरेका थिए ।

श्रद्धाञ्जली मन्तव्यमा प्रमुख अतिथि नयनले हजारौँ सहिदहरूले रगत बगाएर ल्याइएको गणतन्त्रमा लुटतन्त्र मच्चाउन कसैलाई छुट नहुनुपर्ने, बिडम्बना भन्नु पर्छ सत्तामा जानेहरूले निरन्तर कहिले एमसीसीको नाममा कहिले एसपीपीको नाममा त कहिले नागरिकता विधेयकको नाममा राष्ट्रघात, जनघात गरिरहेको आरोप लगाए । युवालाई रोजगार छैन, किसानलाई मलबीउ छैन, सहिदको सपना अपुरो रहेको भन्दै नयनले हिजो जनतालाई स्वास्थ्य, शिक्षा, रोजगार, गास, बास, सूचना सबै निःशुल्क दिनुपर्छ राज्यले भन्दै लड्नेहरूले नै आज फेरि शिक्षाको नाममा, स्वास्थ्यको नाममा, रोजगारको नाममा लुटिरहेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :