जनगणतान्त्रिक सम्पर्क मञ्चको राष्ट्रिय सम्मेलन भदौ २५ गते तय

जनगणतान्त्रिक सम्पर्क मञ्चको राष्ट्रिय सम्मेलन भदौ २५ गते तय

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट जनगणतान्त्रिक सम्पर्क मञ्चको प्रथम बैठकले मञ्चको राष्ट्रिय सम्मेलन भदौ २५ गते सम्पन्न गर्ने निर्णय गरेको छ । काठमाडौँमा शनिबार सम्पन्न मञ्चको बैठकले पार्टी निर्णय कार्यान्वयन गर्न तदारुकतासाथ जुट्ने निर्णय पनि गरेको छ ।

नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् बागमती उपत्यका विशेष ब्युरो इन्चार्ज जीवनको प्रमुख आतिथ्य, नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा जनगणतान्त्रिक सम्पर्क मञ्चका संयोजक उद्धव पौडेलको आतिथ्यमा सम्पन्न बैठकले ५१ सदस्यीय भेला आयोजक समिति गठन गरेको छ ।

बैठकले पार्टीको निर्णयलाई यथाशीघ्र कार्यान्वयन गर्दै अगाडि बढ्ने, भदौ २ गते आरम्भ हुने राष्ट्रिय जनजागरण अभियानमा सम्पर्क मञ्चको प्रतिनिधि पठाएर अभियान सफल पार्न लागिपर्ने, देशव्यापी रूपमा पोस्टरिङ र वाल पेन्टिङ गर्न सघाउने निर्णय पनि गरेको छ ।

पार्टी सचिवालय बैठकका निर्णयहरू सम्प्रेषण गर्दै पार्टीका उपत्यका विशेष ब्युरो इन्चार्ज जीवनले समाजवादी क्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न जनतासँग हातेमालो गरेर अगाडि बढ्ने बताए । उनले पार्टीहरूमा हुने फुट र विभाजन अन्त्य गर्दै क्रान्तिकारी ध्रुवीकरण आरम्भ भइसकेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :