नेकपा (बहुमत) द्वारा सैकुमारी रखालप्रति हार्दिक श्रद्धाञ्जली, संयोजक कञ्चन र प्रवक्ता सुदर्शनले ओढाए पार्टीको झन्डा

नेकपा (बहुमत) द्वारा सैकुमारी रखालप्रति हार्दिक श्रद्धाञ्जली, संयोजक कञ्चन र प्रवक्ता सुदर्शनले ओढाए पार्टीको झन्डा

काठमाडौँ : नेकपा (बहुमत) ले पार्टी नवौँ महाधिवेशन आयोजक समितिका सदस्य एवम् भक्तपुर जिल्ला इन्चार्ज टीकाराम रखाल ‘रोजन’ की आमा सैकुमारी रखालप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेको छ । सैकुमारीको ७८ वर्षको उमेरमा मुटुरोग, मिर्गौलारोग र फोक्सोको निमोनियाबाट पाटन अस्पतालमा बुधबार मध्याह्न १२ बजे निधन भएको हो ।

नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले बुधबार श्रद्धाञ्जली वक्तव्य जारी गर्दै भनेका छन्, ‘हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य तथा पार्टीको भक्तपुर जिल्ला इन्चार्ज कमरेड टीकाराम रखाल ‘रोजन’ की सिन्धुली हरिहरपुरगढी गाउँपालिका वडा नं. ७ क्यानखोला निवासी ममतामयी आमा सैकुमारी रखालको आज ७८ वर्षको उमेरमा मुटुरोग, मिर्गौलारोग र फोक्सोको निमोनियाबाट पाटन अस्पतालमा आज मध्याह्न १२ बजे भएको असामयिक निधनले हाम्रो पार्टीलाई अत्यन्त मर्माहत बनाएको छ ।’

प्रवक्त सुदर्शनले वक्तव्यमा अगाडि भनेका छन्, ‘हाम्रो पार्टी सैकुमारी रखालप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ र क. रोजन रखाल, उहाँका बुबा बिजबहादुर रखाल, दाजुभाइहरू नेत्र रखाल, वसन्त रखाल, दिदीबहिनी लीलामाया रखाल, राजकुमारी रखाल, जूनकुमारी रखाललगायत सम्पूर्ण शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।’

सैकुमारीको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । पशुपतिमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा पार्टी संयोजक कञ्चनले मृतक आमाप्रति श्रद्धाञ्जली र उनका शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका थिए । पार्टी संयोजक कञ्चन र प्रवक्ता सुदर्शनले सैकुमारीको शवमा कम्युनिस्ट पार्टीको झन्डा ओढाएर सम्मान गरेका थिए । श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन पार्टी केन्द्रीय कार्यालय सदस्य बाबुराम गजमेरले गरेका थिए । श्रद्धाञ्जली तथा समवेदना अर्पण गर्न नेकपा (बहुमत) का सयौँ नेता–कार्यकर्ता आर्यघाट पुगेका थिए ।

बुधबार बिहान पार्टी संयोजक कञ्चन, प्रवक्ता सुदर्शनलगायत पार्टी नेता–कार्यकर्ता पाटन अस्पताल पुगी गम्भीर अवस्थामा उपचार गराइरहेकी सैकुमारीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका थिए । शोक वक्तव्यको पूरा पाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :