नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) काठमाडौँको संयोजकमा मिम ऐडी

नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) काठमाडौँको संयोजकमा मिम ऐडी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) काठमाडौँको संयोजकमा मिम ऐडी चयन भएका छन् । सङ्गठनको मङ्गलबार सम्पन्न काठमाडौँ जिल्ला समितिको विशेष बैठकले ऐडीको संयोजकत्वमा ३५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।

उक्त बैठकले सबैखाले निरासा र क्रान्तिबिरोधी गतिबिधिलाई निस्तेज पार्दै भब्यतापुर्वक सम्पन्न भएको सङ्गठनका केन्द्रीय सचिवालय सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज गोबिन्द बिष्टले जानकारी दिए । साथै बैठकले देशैभर भइरहेको पाठ्यपुस्तक अभाव, एसईईको रिजल्ट प्राकाशित नहुँदै निजी स्कुलहरूले प्री रजिस्ट्रेशनका नाममा गरिराखेको भर्ना तत्काल रोक्न र निजी स्कुलको चर्को शुल्क असुली तथा सरकारी स्कुलहरूले विभिन्न बहानामा असुल गरिरहेको शुल्क असुलीका बिरुद्ध कडा सङ्घर्ष गर्ने निर्णय गरेको छ । साथै उनले शैक्षिक दलाल र माफियाहरू सङ्गठनको निशानामा रहेको पनि बताए ।

जिल्ला संयोजक मिम ऐडिको अध्यक्षतामा बसेको बैठकका प्रमुख अतिथि सङ्गठनका पुर्व महासचिव तथा नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समिति सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज दिपेन्द्र चलाउने र बिशेष अतिथि सङ्गठनका अध्यक्ष मिलन राई रहेका थिए । जिल्ला पार्टी संयोजक अबिरल, सङगठनका उपाध्यक्ष बिरेन्द्र शाह, महासचिव रुपा बुढामगर, सचिव नवराज भट्ट, कोषाध्यक्ष दिपक बिष्ट, महाधिवेशन आयोजक समिति सदस्य भीम बटाला, युवा सङ्गठन, नेपालका महासचिव झलक विक लगायतका अतिथिहरू सहभागी थिए ।

विशेष बैठकमा सङ्गठनको ऐतिहासिक राष्ट्रिय भेलाबाट नवनिर्वाचित केन्द्रीय अध्यक्ष मिलन राई, उपाध्यक्ष बिरेन्द्र शाह, महासचिव रुपा बुढामगर, सचिव नवराज भट्ट र कोषाध्यक्ष दिपक बिष्टलाई सम्मानसहित बधाई ज्ञापन गर्दै प्रमुख अतिथि दिपेन्द्र चलाउनेले नवनिर्वाचित नेतृत्वले विद्यार्थी आन्दोलनको औचित्य माथि प्रश्न उठिरहेको बेला विद्यार्थी आन्दोलनमा पुनर्जागरण ल्याउन र विद्यार्थी आन्दोलनको सफल नेतृत्व गर्न नवनिर्वाचित केन्द्रीय समिति सफल हुने विश्वास व्यक्त गरेका थिए ।

बैठकमा बिशेष अतिथि सङ्गठनका अध्यक्ष मिलन राइले सबै जनताका छोराछोरीले निःशुल्क रुपमा युगको आवश्यकता धान्ने शिक्षा प्राप्तिका निम्ति सङ्घर्षको नेतृत्व गर्ने, त्यो प्रक्रियामा सबै युवा विद्यार्थीहरूले आ–आफ्नो ठाउँबाट मेहनत गर्न निर्देशन गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :