अखिल (क्रान्तिकारी) का सम्मेलन र भेला धमाधम

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) को केन्द्रीय विशेष भेला सम्पन्न भएपछि देशका विभिन्न स्थानमा जिल्लादेखि एकाइसम्मका भेला र सम्मेलन धमाधम सम्पन्न भएका समाचार प्राप्त भएका छन् ।

यसै सिलसिलामा अखिल क्रान्तिकारी अर्घाखाँचीको विशेष जिल्ला भेला सोमबार सम्पन्न भएको छ । भेलाले पदम नेपालीको अध्यक्षतामा २९ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा राजेश र लक्ष्मी, सचिवमा शङ्कर, सहसचिवमा रचना र कुमार तथा कोषाध्यक्षमा सुरज चयन भएका छन् ।

यसैगरी अखिल क्रान्तिकारी एभरेस्ट इन्जिनियरिङ कलेज काठमाडौँको प्रथम एकाइ सम्मेलन सम्पन्न भएको छ । सोमबार सम्पन्न सम्मेलनले जयन्द्र भट्टकोे अध्यक्षतामा २५ सदस्यीय एकाइ समिति निर्वाचित गरेको छ । एकाइको उपाध्यक्षमा हिमांशुसिंह राजपुत, सचिवमा पारस खड्का, सहसचिव जीवन उपाध्याय, कोषाध्यक्षमा सन्जोग थापालगायत चयन भएको जनाइएको छ ।

सङ्गठनका केन्द्रीय अध्यक्ष मिलन राई, उपाध्यक्ष वीरेन्द्र शाह, सचिव नवराज भट्टलगायतको उपस्थितिमा उक्त सम्मेलन सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :