श्याम स्मृति ग्रन्थ लोकार्पणमा क्रान्तिकारी ध्रुवीकरणको चर्चा

श्याम स्मृति ग्रन्थ लोकार्पणमा क्रान्तिकारी ध्रुवीकरणको चर्चा

काठमाडौँ : माओवादी नेता श्रीनाथ अधिकारी ‘श्याम’ को तेस्रो वार्षिकीका सन्दर्भमा ‘श्याम स्मृति ग्रन्थ’ लोकार्पण गरिएको छ । नेकपा (क्रान्तिकारी माओवादी) ले बुधबार आयोजना गरेको स्मृति ग्रन्थ लोकार्पण कार्यक्रमका प्रमुख अतिथि उक्त पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ थिए । नेकपा (बहुमत) का संयोजक कञ्चनले श्यामप्रति श्रद्धासुमन व्यक्त गर्दै लोकार्पित पुस्तकबारे टिप्पणी गरेका थिए ।

प्रमुख अतिथि क्रान्तिकारी माओवादीका महासचिव किरणले दलाल पुँजीवादको अन्त्यका लागि क्रान्तिकारी शक्तिबीच एकता हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा (बहुमत) का संयोजक कञ्चनले क्रान्तिकारी कम्युनिस्टहरूले अब टुटफुटको अध्याय अन्त्य गरेर एकता र ध्रुवीकरणको अध्याय सुरु गर्नुपर्ने धारणा राखे । प्रचण्ड–किरणसँग एकै ठाउँमा हुँदा स्कुलिङ विभागमा श्यामसँगै काम गरेको स्मरण गर्दै संयोजक कञ्चनले क्रान्तिकारी आन्दोलनको विकास गरेर मात्र श्यामको भावनाको सम्बोधन हुने पनि बताए ।

कार्यक्रममा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेल, नारायण शर्मा, अम्बिका मुडभरीलगायत वक्ताले श्यामको जीवनका विभिन्न पक्षबारे प्रकाश पारेका थिए । कार्यक्रममा नेता श्यामकी जीवनसँगिनी राधिका अधिकारीको पनि उपस्थिति थियो ।

कार्यक्रम रामसिंह श्रीसको अध्यक्षता र हीरामणि दुःखीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :