चिकित्सक कुट्ने ट्राफिक प्रहरीलाई अविलम्ब कारबाही गर्न नेकपा (बहुमत) निकट जनस्वास्थ्यकर्मीको माग

काठमाडौँ : नेकपा (बहुमत) निकट जनस्वास्थ्यकर्मी सङ्गठनले आरोग्य केन्द्र, ललितपुरमा कार्यरत डा. कुलबहादुर घिसिङलाई कुटेर गम्भीर घाइते बनाउने ट्राफिक प्रहरी राजेन्द्र थापालाई कडाभन्दा कडा कारबाही गर्न र पीडितलाई क्षतिपूर्तिसहित सम्पूर्ण उपचार खर्च बेहोर्न राज्यसँग जोडदार माग गरेको छ । सङ्गठनका संयोजक नरेन्द्र विकले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘बारम्बार प्रहरीबाटै यसरी डाक्टरमाथि कुटपिट हुनु निकै दुःखद् छ । जनताको रक्षकबाटै यस्ता हर्कत हुने हो भने जनताले कोबाट शान्तिसुरक्षाको आशा गर्ने ? स्वास्थ्यकर्मीले कहिलेसम्म, कोकोबाट कुटिने र लुटिने ? अहम् महत्वको प्रश्न राज्यसामु तेर्सिएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘आफ्नो नियमित ड्युटी सकेर निवास फर्कंदै गर्दा आरोग्य केन्द्र, ललितपुरमा कार्यरत डा. कुलबहादुर घिसिङलाई एकान्तकुनामा पैदल हिँड्दै गर्दा ट्राफिक प्रहरी राजेन्द्र थापाले बिनाकारण निर्घात कुटपिट गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अरूको उपचार गर्ने डाक्टरलाई आफैँ उपचार गर्नुपर्ने गरी आततायी, गुण्डागर्दी शैलीमा गरिएको आक्रमणको हामी घोर भत्र्सनासहित कडा शब्दमा निन्दा गर्दछौँ । अत्यन्तै अमानवीय र क्रूर कुटपिट तथा आक्रमणले एकपटक फेरि सिङ्गो स्वास्थ्य जगत् तरङ्गित भएको छ । बारम्बार प्रहरीबाटै यसरी डाक्टरमाथि कुटपिट हुनु निकै दुःखद् छ । जनताको रक्षकबाटै यस्ता हर्कत हुने हो भने जनताले कोबाट शान्तिसुरक्षाको आशा गर्ने ? स्वास्थ्यकर्मीले कहिलेसम्म, कोकोबाट कुटिने र लुटिने ? अहम् महत्वको प्रश्न राज्यसामु तेर्सिएको छ ।’

विकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘डाक्टर घिसिङलाई कुटपिट गर्ने दोषीलाई कडाभन्दा कडा कारबाही गर्न र पीडितलाई क्षतिपूर्तिसहित सम्पूर्ण उपचार खर्च बेहोर्न राज्यसँग जोडदार माग गर्दछौँ । स्वास्थ्यकर्मीमाथि दिनानुदिन बढिरहेका यसप्रकारका घटनाले गर्दा राज्यलाई जेल ‘विथवाउट बेल’ नीति अख्तियार गर्न हामी विशेष आग्रह गर्न चाहन्छौँ । कुटपिटबाट नाकमा गम्भीर चोट लागी घाइते हुनुभएका डाक्टर कुलबहादुर घिसिङको अल्का अस्पताल जाउलाखेलमा उपचार भैरहेको छ । उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । हामी ढुङ्गाको जबाफ फूलको थुँगाले दिँदैछौँ । राज्य इँटको जबाफ पत्थरले दिन बाध्य नपारोस् ।’ विज्ञप्ति…..

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :