नेमकिपा अध्यक्ष रोहितलाई पत्नीशोक, नेकपा (बहुमत) द्वारा समवेदना व्यक्त

नेमकिपा अध्यक्ष रोहितलाई पत्नीशोक, नेकपा (बहुमत) द्वारा समवेदना व्यक्त

काठमाडौँ : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ लाई पत्नीशोक परेको छ । नेता रोहितकी जीवनसँगिनी शोभा प्रधानको हिजो बुधबार निधन भएको हो । नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले बिहीबार श्रद्धाञ्जली तथा समवेदना वक्तव्य जारी गर्दै शोभा प्रधानप्रति हार्दिक श्रद्धाञ्जली तथा नेता रोहितलगायत शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

प्रवक्ता सुदर्शनद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘नेपालको कम्युनिस्ट आन्दोलनका पुराना वामपन्थी नेता नेपाल मजदुर किसान पार्टीका अध्यक्ष क. नारायणमान बिजुक्छे ‘रोहित’ की जीवनसँगिनी शोभा प्रधानको निधनले हाम्रो पार्टी नेकपा (बहुमत) लाई दुःखी बनाएको छ । हाम्रो पार्टी शोभा प्रधानप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ र पत्नीशोकमा रहेका कमरेड बिजुक्छेलगायत शोकसन्तप्त सम्पूर्ण परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।’

रोहितकी पत्नी शोभाको नेपाल क्यान्सर अस्पताल, हरिसिद्धि ललितपुरमा उपचारका क्रममा निधन भएको बताइएको छ । रोहित–शोभाका सुवेग र सुवान दुई छोरा छन् । शोक वक्तव्यको पूरा पाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :