अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को नाउँ परिवर्तन, सङ्गठनको अध्यक्षमा अञ्जना तामाङ निर्वाचित

अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को नाउँ परिवर्तन, सङ्गठनको अध्यक्षमा अञ्जना तामाङ निर्वाचित

बुटवल : अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको नाम परिवर्तन गर्दै बुटवलमा सम्पन्न विशेष राष्ट्रिय भेलाले अञ्जना तामाङलाई अध्यक्ष चयन गरेको छ । नेकपा (बहुमत) निकट महिला सङ्गठनको नाउँ अब अखिल नेपाल महिला सङ्गठन भएको छ ।

विशेष राष्ट्रिय भेला शुक्रबार बुटवलमा सम्पन्न भएको थियो । भेलाको उद्घाटन नेकपा (बहुमत) का संयोजक कञ्चनले गरेका थिए ।

भेलाले सङ्गठनको उपाध्यक्षमा पार्वती सिंह, महासचिवमा रेखा खनाल, सचिवमा क्रान्ति पाण्डे, कोषाध्यक्षमा भक्तिमाया मगर रहेको २७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

देशैभरिबाट उपस्थित प्रतिनिधि/पर्यवेक्षकबाट तीन सदस्यीय अध्यक्षमण्डल निर्माण गरिएको थियो । बन्द सत्रको अध्यक्षता रेखा चौहानले गरेकी थिइन् । अध्यक्षमण्डलकी सदस्य पवित्रा शाहीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

बन्दसत्रका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का सचिवालय सदस्य तथा महिला सङ्गठनका फ््रयाक्सन इन्चार्ज शार्दूल थिए । भक्तिमाया मगरले प्यानल प्रस्ताव गरेकी थिइन् राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन अञ्जना तामाङले प्रस्तुत गरेकी थिइन् ।

नवनिर्वाचित कार्यसमितिलाई अखिल नेपाल ट्रेड युनियन महासङ्घ क्रान्तिकारीकी केन्द्रीय सदस्य जुना दाहालले बधाई तथा शुभकामना दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :