ग्याँसले जलेर चार विद्यार्थी घाइते भएको घटनाप्रति अखिल क्रान्तिकारी दोलखाको आक्रोश

दोलखा : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) जिल्ला समिति दोलखाले शैलुङ गाउँपालिका वडा नं. ७ मा रहेको कालिका माविमा विद्यालय कर्मचारी, विद्यालय प्रशासन र व्यवस्थापन समितिको लापरबाहीका कारण खाजा बनाउने क्रममा कुकरको ग्याँसले जलेर ४ जना विद्यार्थी घाइते भएको घटनाप्रति आपत्ति प्रकट गरेको छ ।

अखिल क्रान्तिकारी दोलखाका इन्चार्ज असीमले प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनामा विद्यालय प्रशासन गैरजिम्मेवार भएको बताएका छन् ।

विद्यालयको लापरबहाहीका कारण भएको उक्त दुर्घटनाका घाइतेहरूको उपचारमा लापरबाही नगर्न अखिल क्रान्तिकारीले विज्ञप्तिमार्फत चेतावनी पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :