नेकपा (बहुमत) द्वारा पोखरामा ९६ रोपनी जग्गा कब्जा

नेकपा (बहुमत) द्वारा पोखरामा ९६ रोपनी जग्गा कब्जा

पोखरा : पोखरा महानगरपालिका २१ फोक्सिङ, पोख्रेलथोकमा रहेको ९६ रोपनी जग्गा जालसाजी गर्दै भूमाफियाले आफ्नो कब्जामा पार्न लागेपछि पीडित पक्षको उजुरीमा उक्त विवादित जग्गा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले कब्जा गरेको छ ।

तत्कालीन गाविस र विन प्रालिबीच २०५७ भदौ २६ मा भएको सम्झौता निर्धारित समयमा कार्यान्वयन नभएको भन्दै उक्त जग्गा वास्तविक किसानको समस्या समाधान नहुन्जेलसम्म बिक्रीवितरण तथा कुनै काम नगर्न सूचना जारी गरी सम्झौता खारेज गर्न अपिल गर्दै कब्जा गरिएको पार्टीले जनाएको छ ।

साबिक निर्मलपोखरी गाविस वडा नं. ६ फोक्सिङ हाल पोखरा २१ पोख्रेलथोकमा रहेको उक्त जग्गाका बारेमा तत्कालीन गाविस, सम्बन्धित जग्गादाता र विन प्रालिबीच १४ वटा बुँदामा त्रिपक्षीय सम्झौता भएको थियो । सम्झौताअनुरूप विन प्राइभेट लिमिटेडले जैविक कृषि फर्म, रिसोर्ट र अन्तर्राष्ट्रिय स्तरको विद्यालय स्थापना गर्नुपर्ने थियो । साथै उक्त सम्झौताअनुरूप विन प्राइभेट लिमिटेडले आफ्नो कार्य पाँच वर्षसम्म सञ्चालन नगरेमा हाल विन प्रा.लि. कम्पनीले लिएको मूल्यमा नै जग्गादाताहरूलाई फिर्ता गर्ने सम्झौता पनि भएको थियो । सम्झौताअनुसार उक्त कम्पनीले २१ वर्षसम्म पनि जग्गामा कुनै काम गरेको छैन ।

यस्तै जग्गा नियन्त्रणमा लिएको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पाँचबुँदे अपिलसहित आफ्नो पार्टीले जग्गा नियन्त्रण गरेको पर्चा र बोर्ड पनि राखेको छ ।

नेकपा ( बहुमत ) को पाँच बुँदे पर्चा यस्तो छ :-

विन प्राली, तत्कालिन गाविस र जग्गादाता बिच भएको १४ बुँदे सम्झौता पत्र :-

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :