नेकपा (बहुमत) द्वारा जनयुद्धकी योद्धा रामपुराप्रति हार्दिक श्रद्धाञ्जली

नेकपा (बहुमत) द्वारा जनयुद्धकी योद्धा रामपुराप्रति हार्दिक श्रद्धाञ्जली

काठमाडौँ : नेकपा (बहुमत) ले जनयुद्धकी योद्धा रामपुरा बुढा (बोहरा) प्रति हार्दिक श्रद्धाञ्जली प्रकट गरेको छ । पार्टी प्रवक्ता सुदर्शनद्वारा आज जारी शोक विज्ञप्तिमा रामपुरा जनयुद्धकालकी पूर्णकालीन पार्टी कार्यकर्ता रहेको र उनी नेकपा (बहुमत) का कार्यकर्ता दुर्गबहादुर बोहरा ‘दोभान’ की जीवनसंगिनी रहेको उल्लेख छ । दोभानलाई केपी ओली नेतृत्वको सरकारले २०७७ साल पुस १९ गते गिरफ्तार गरी हातहतियार तथा खरखजानाको झूट्टा मुद्दा लगाएर कालीकोट कारागारमा थुनेको छ ।

प्रवक्ता सुदर्शनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आजै बिहान कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं. ९ निवासी श्रीमती रामपुरा बुढा (बोहरा) लाई लालुबाट सदरमुकाम मान्मास्थित जिल्ला अस्पताल लग्दै गर्दा कालेखोलामा उहाँको निधन भएको दुःखद् खबरले हम्रो पार्टी नेकपा (बहुमत) मर्माहत भएको छ । श्रीमती रामपुरा जनयुद्धकालका एक पूर्णकालीन पार्टी कार्यकर्ता हुनुहुन्थ्यो । उहाँ हाम्रो पार्टीका कार्यकर्ता दुर्गबहादुर बोहरा ‘दोभान’ की जीवनसंगिनी हुनुहुन्छ । कमरेड दोभानलाई केपी ओली नेतृत्वको सरकारले २०७७ पुस १९ गते गिरफ्तार गरी हातहतियार तथा खरखजानाको झूट्टा मुद्दा लगाएर कालीकोट कारागारमा थुनेको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘जनयुद्धकी योद्धा कमरेड रामपुराप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै राजबन्दी कमरेड दोभान र उहाँको सम्पूर्ण परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछ ।’ शोक वक्तव्यको पूरा पाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :