गोली हानी मारिएकी नवीना चौधरीका परिवारलाई क्षतिपूर्ति दिन र हत्यारालाई कारबाही गर्न नेकपा (बहुमत) को माग

गोली हानी मारिएकी नवीना चौधरीका परिवारलाई क्षतिपूर्ति दिन र हत्यारालाई कारबाही गर्न नेकपा (बहुमत) को माग

बर्दिया : नेकपा (बहुमत) जिल्ला सम्मेलन आयोजक समिति बर्दियाले यही जेठ २३ गते मधुवन नगरपालिकाको वडाली बजारमा नरभक्षी बाघ नियन्त्रणको माग गर्दै शान्तिपूर्ण कार्यक्रम गरिरहेका स्थानीय बासिन्दामाथि प्रहरी प्रशासनले अन्धाधुन्ध गोली चलाएर स्थानीय नवीना चौधरीको हत्या गरेकाले हत्यारालाई अविलम्ब कारबाही गर्न र मृतक चौधरीका परिवारलाई क्षतिपूर्ति दिन माग गरेको छ ।

जिल्ला इन्चार्ज अनन्त क्षेत्री र जिल्ला सम्मेलन आयोजक समितिका संयोजक शक्तिले प्रेस विज्ञप्ति जारी गर्दै नवीनाको मृत्युको घटनाको घोर निन्दा र भत्र्सना गर्नुका साथै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि अविलम्ब कारबाही गर्न माग गरिएको छ ।

विज्ञप्तिमा पीडितलाई अविलम्ब क्षतिपूर्ति दिन, नरभक्षी बाघलाई तुरुन्त नियन्त्रणको व्यवस्था गर्न र उक्त घटनामा परी घाइते भएकाहरूको तत्काल उपचारको व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :