नेकपा (बहुमत) कास्कीको दोस्रो बैठक सम्पन्न

नेकपा (बहुमत) कास्कीको दोस्रो बैठक सम्पन्न

कास्की : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कास्कीको दोस्रो बैठक सम्पन्न भएको छ । नेकपा (बहुमत) कास्की जिल्ला संयोजक बद्री अधिकारीको अध्यक्षता र सञ्चालनमा बसेको बैठकमा नवौँ महाधिवेशन आयोजक समिति सदस्य एवम् गण्डक ब्युरो इन्चार्ज रुपेशको प्रमुख अतिथ्यता साथै जिल्ला इन्चार्ज गोकुल पराजुलीको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।

ब्युरो इन्चार्ज रुपेशले बैठकमा सहभागी पार्टीका जिल्ला नेता–कार्यकर्तालाई समसामयिक परिस्थिति, पार्टी केन्द्र, ब्युरोको योजना, रणनीति, कार्यदिशा, कार्यनीति र कार्यक्रमका बारेमा प्रशिक्षित गरेका थिए । 

यस्तै बैठकले भू-माफियाले षड्यन्त्रपूर्वक खोसेको किसानहरूको भूमि फिर्ताको लागि सङ्घर्ष गर्ने, भू-माफियाले अतिक्रमण गरेको सरकारी र सामुदायिक जमिन, प्राकृतिक स्रोत र सम्पदाको संरक्षणको लागि सङ्घर्ष गर्ने, बित्तिय तथा मिटर ब्याजीको उत्पिडन बिरुद्ध सङ्घर्ष गर्ने, एमसीसीलगायत सम्पूर्ण राष्ट्रघाती सम्झौताबिरुद्ध सङ्घर्ष गर्ने, बढ्दो महँगी तथा जनताको प्रत्यक्ष जनजीविकासँग जोडिएको बिषयमा सङ्घर्ष गर्ने जस्ता निर्णयहरू गरेको एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :