जनआन्दोलनकी सहिद सेतु विकको सालिक तोडफोड भएको घटनाप्रति नेकपा (बहुमत) द्वारा निन्दा र भत्र्सना

जनआक्रोश सत्ताविरुद्ध वैज्ञानिक समाजवाद प्राप्तिमा लगाउन आग्रह

जनआन्दोलनकी सहिद सेतु विकको सालिक तोडफोड भएको घटनाप्रति नेकपा (बहुमत) द्वारा निन्दा र भत्र्सना

काठमाडौँ : नेकपा (बहुमत) ले जनआन्दोलनकी सहिद सेतु विकको सालिक तोडफोड भएको घटनाप्रति निन्दा प्रकट गरेको छ । नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै महान् दसबर्से जनयुद्धको जगमा २०६२÷०६३ सालमा सामन्ती राजतन्त्रको अन्त्यका लागि भएको जनआन्दोलनका क्रममा सहादत प्राप्त गरेकी सेतु विकको सालिक तोडफोड गर्ने कार्यको घोर निन्दा र भत्र्सना गरेका हुन् । प्रवक्ता सुदर्शनले वर्तमान दलाल संसदीय व्यवस्थाले देशमा लादेको राजनीतिक अस्थिरता, आर्थिक ब्रह्मलूट, अशान्ति, हिंसा–हत्या, महँगी, भ्रष्टाचार, राष्ट्रघातले आमजनतामा निराशा र आक्रोश बढिरहेको र उक्त आक्रोशलाई वर्तमान संसदीय व्यवस्थाका विरुद्ध प्रयोग गरेर वैज्ञानिक समाजवाद स्थापना गर्ने सङ्घर्षमा लगाउन पनि आह्वान गरेका छन् ।

प्रवक्ता सुदर्शनद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘२०७९ साल जेठ १९ गते केही मान्छेले नेपालगन्जमा अवस्थित सहिद सेतु विश्वकर्माको सालिक तोडफोड गरेको प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । महान् दसबर्से जनयुद्धको जगमा २०६२/०६३ सालमा सामन्ती राजतन्त्रको अन्त्यका लागि भएको जनआन्दोलनका क्रममा सहादत प्राप्त गर्नुभएकी सेतु विकको सालिक तोडफोड गर्ने कार्यको हामी घोर भत्र्सना गर्दछौँ । वर्तमान दलाल संसदीय व्यवस्थाले देशमा लादेको राजनीतिक अस्थिरता, आर्थिक ब्रह्मलूट, अशान्ति, हिंसा–हत्या, महँगी, भ्रष्टाचार, राष्ट्रघातले आमजनतामा निराशा र आक्रोश बढिरहेको छ । उक्त आक्रोशलाई वर्तमान संसदीय व्यवस्थाका विरुद्ध प्रयोग गरेर वैज्ञानिक समाजवाद स्थापना गर्ने सङ्घर्षमा लगाउनु पर्दछ । केही मान्छेले इतिहासलाई उल्टो दिशातिर फर्काउने दुष्प्रयास गर्न सक्छन् । यस्ता गतिविधिलाई समयमै पहिचान गर्नुपर्दछ ।’ प्रेस विज्ञप्तिको पूरा पाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :