नेकपा (बहुमत) द्वारा मुस्ताङ जहाज दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली व्यक्त, आफन्तजनप्रति हार्दिक समवेदना

नेकपा (बहुमत) द्वारा मुस्ताङ जहाज दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली व्यक्त, आफन्तजनप्रति हार्दिक समवेदना

काठमाडौँ : नेकपा (बहुमत) ले मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरे भिरमा तारा यएरको जहाज दुर्घटना भएर ज्यान गुमाएका यात्रुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । पार्टी प्रवक्ता सुदर्शनले सोमबार श्रद्धाञ्जली तथा समवेदना वक्तव्य जारी गर्दै उक्त दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवारप्रति गहिरो समवेदना पनि व्यक्त गरेका छन् ।

प्रवक्ता सुदर्शनद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘हिजो पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरे भन्ने भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेलापरेको खबरले हाम्रो पार्टीलाई निकै दुःखी तुल्याएको छ । यस दुःखद् घडीमा दुर्घटनाका क्रममा ज्यान गुमाउने चालक दलका टिमलगायत मृतक सबै यात्रुप्रति हाम्रो पार्टीका तर्फबाट भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘ज्यान गुमाएकाको परिवारप्रति गहिरो समवेदना व्यक्त गरिन्छ । नेपालमा हवाई तथा स्थल यात्राहरू जोखिमपूर्ण रहँदै आएकाले यात्रा सुरक्षाको उचित व्यवस्थापनमा सरकारको ध्यान जाओस् भन्न चाहन्छौँ ।’ वक्तव्यको पूरा पाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :