अखिल (क्रान्तिकारी) चितवनद्वारा पूर्ण पौडेलको खोजसभा कार्यक्रम सम्पन्न

अखिल (क्रान्तिकारी) चितवनद्वारा पूर्ण पौडेलको खोजसभा कार्यक्रम सम्पन्न

भरतपुर : नेकपा निकट अखिल (क्रान्तिकारी) संयुक्त जिल्ला समिति चितवनको आयोजनमा महान जनयुद्धका बेपत्ता योद्धा तथा संगठनका तत्कालीन महासचिव पूर्ण पौडेलको खोजसभा कार्यक्रम सम्पन्न भएको छ । भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा आयोजना गरिएको कार्यक्रम अखिल (क्रान्तिकारी) चितवनका जिल्ला इन्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य बिकल्प खत्रीको अध्यक्षतामा गरिएको थियो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इज्चार्ज सन्देस पाैडेल प्रमुख अतिथि रहेका थिए भने नेकपा चितवनका विशेष समिति सदस्य रुद्र भट्टराई, जिल्ला सेक्रेटरी मिनप्रसाद सापकोटा, अखिल (क्रान्तिकारी) का केन्द्रीय कार्यालय सदस्य अटल शर्मा र  नेकपा जिल्ला सदस्य सुदिप पौडेल अतिथि रहेका थिए ।

कार्यक्रममा जिल्ला इन्चार्ज सन्देश पौडेल, विशेष समिति सदस्य रुद्र भट्टराई र अखिल (क्रान्तिकारी) का केन्द्रीय कार्यालय सदस्य अटल शर्माले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य सुमन श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य केशब भट्टराईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :