पार्टीको निर्णय र नीतिविरुद्ध चुनावमा उठेकाहरूलाई अविलम्ब उम्मेदवारी फिर्ता लिन पार्टी सचिवालयको आह्वान

पार्टीको निर्णय र नीतिविरुद्ध चुनावमा उठेकाहरूलाई अविलम्ब उम्मेदवारी फिर्ता लिन पार्टी सचिवालयको आह्वान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालयले पार्टीको निर्णय र नीतिविरुद्ध स्थानीय चुनावमा उम्मेदवार बनेका पार्टी केन्द्रीय सदस्य र जिल्लाका पदाधिकारीलाई अविलम्ब उम्मेदवारी फिर्ता लिन आह्वान गरेको छ ।

पार्टी केन्द्रीय सचिवालयका सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले १२ गते सोमबार वक्तव्य जारी गरी पार्टीको आठौँ केन्द्रीय समितिको १२ औँ बैठकको निर्णयअनुसार पार्टी दर्ता नगर्ने र चुनावमा भाग नलिने, देशभक्त, जनवादी, एमसीसीविरोधी उम्मेदवारलाई समर्थन गर्न सकिने, पार्टीका सदस्यहरू उठ्न चाहेको अवस्थामा स्वतन्त्र हैसियतमा उठ्ने नीति पारित भए पनि कतिपय स्थानमा केन्द्रीय समितिका सदस्य र जिल्लाका पदाधिकारी नै उम्मेदवार बनेको पाइएकाले तत्काल मनोनयन फिर्ता लिन आह्वान गरेका हुन् ।

पार्टी केन्द्रीय समितिका तर्फबाट सचिवालय सदस्य कञ्चनले जारी गरेको प्रेस वक्तव्यमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा यही वैशाख ३० गते हुने भनिएको स्थानीय निर्वाचनका सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीको आठौँ केन्द्रीय समितिको १२ औँ बैठकको निर्णयअनुसार पार्टी दर्ता नगर्ने र चुनावमा भाग नलिने, देशभक्त, जनवादी, एमसीसीविरोधी उम्मेदवारलाई समर्थन गर्न सकिने, पार्टीका सदस्यहरू उठ्न चाहेको अवस्थामा स्वतन्त्र हैसियतमा उठ्ने नीति पारित भएबमोजिम पार्टीले चुनाव उपयोग नगर्ने नीतिको तात्पर्य स्वाभाविक रूपले न्यूनतम् मूल्यमा केन्द्रीय समितिका सदस्य र जिल्लाका पदाधिकारी उम्मेदवारमा नउठ्ने मान्यताका विपरीत कतिपय कमरेडहरूले विभित्र पदहरूमा मनोनयन दर्ता गरेका समाचारहरू सार्वजनिक रूपमा प्रकाशित भएकाले पार्टीको नीति अनुसरण गर्ने कमरेडहरूलाई नीतिविपरीत देखिने उम्मेदवारीको मनोनयन फिर्ता लिनका लागि पार्टीको सचिवालय हार्दिक अपिल गर्दछ ।’ प्रेस वक्तव्यको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :