नेकपा उदयपुरद्वारा कम्युनिस्ट संस्थापकप्रति श्रद्धाञ्जली सभा

नेकपा उदयपुरद्वारा कम्युनिस्ट संस्थापकप्रति श्रद्धाञ्जली सभा

उदयपुर : नेपाल कम्युनिस्ट पार्टी उदयपुरले उदयपुर क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका संस्थापक तथा क्रान्तिकारी धरोहर पुर्णबहादुर खत्री ‘खेतला’ को श्रद्धाञ्जली सभा कार्यक्रम गरेको छ ।

खत्री बि.स. १९९१ भदौ २६ मा उदयपुर कटारी नगरपालिका वडा न. १० बरडाडामा जन्मनु भएको थियो भने २०७८ चैत्र २ मा निधन भएको थियो । निधन भएको १३ औँ दिन नेपाल कम्युनिस्ट पार्टीको र खत्रीको परिवारको संयुक्त आयोजनामा सैयौँको उपस्थितिमा श्रद्धाञ्जली सम्पन्न भएको छ । २०३३ सालमा कम्युनिस्ट पार्टी सदस्यता भएको खत्री नेकपा चौमको सेक्रेटरी २०३३, नेकपा मशाल जिल्ला सेक्रेटरी २०४७, नेकपा एकता केन्द्र जिल्ला सेक्रेटरी २०४८, जनमोर्चा जिल्ला अध्यक्ष २०४८, अखिल नेपाल किसान संघको जिल्ला अध्यक्ष २०५४, एकीकृत नेकपा माओवादीको जिल्ला सल्लाहकारको जिम्मेवारी निभाउनु भयो भने हाल विप्लव नेतृत्वको नेकपामा आबद्ध हुनुहुन्थ्यो । केही बर्षदेखि खत्री कम्युनिस्ट नामधारी संसदीय पार्टीले जनतालाई धोका दिएको, संसदवादमा पतन भएको र अब क्रान्ति गर्ने शक्ति नेकपामा मात्रै आशा र भरोसा भएको भन्दै नेकपामा आबद्ध हुनु भएको हो । समाजमा वर्ग रहेसम्म म र हामी बीचमा लडाइँ चलिरहने र अन्तत हामीले बिजय हासिल गर्ने उहाँको बिश्वास थियो । जीबनभर कम्युनिस्ट आन्दोलनमा लागेर बस्ने घरसमेत नभएको उहाँलाई नेपाल कम्युनिस्ट पार्टीले ३ कोठे आवाससमेत निर्माण गरिदिएका थिए भने एक बर्षदेखि मासिक २,००० खर्चसमेत व्यवथा गर्दै आएका थिए ।

श्रद्धाञ्जली कार्यक्रमको सञ्चालन दुर्गा तामाङले गरेका थिए भने अध्यक्षता खत्रीको छोरी स्वस्तिका र प्रमुख अतिथि पार्टी सेक्रेटरी लक्ष्मण पौडेलले गरेका थिए । अन्य पालिका इन्चार्ज, सेक्रेटरी पनि आशन ग्रहण गरेका थिए । कार्यक्रममा बोल्दै पौडेलले पुर्णबहादुर खत्रीको निधनले अभिभावक बिहिनताको महशुस भएको र उहाँको जहिले आन्दोलनमा अभाव खड्किरहने बताए । पौडेलले खत्रीको जीबनमा विशेषत ३ कुरा कहिले भुल्नु नहुने भन्दै जीबनभर क्रान्तिकारी, निजी सम्पतिको तिलाञ्जली र पद लोलुप्ताबाट टाढा रहने बताए । उनले उहाँको यो त्याग, समर्पण र क्रान्तिकारी गोरेटो कोरिदिएकोले उहाँलाई सम्मान स्वरुप आवास निर्माण गरिएको बताए ।

कार्यक्रममा उहाँको आवास निर्माणमा सहयोग गर्नेहरूलाई कदरपत्रसमेत बितरण गरिएको थियो । अन्त्यमा खत्रीको माइली छोरीसमेत रहेका कार्यक्रमका अध्यक्ष स्वष्तिकाले जीवन भर बुवाले गरेको योगदानलाई सम्झेर नेकपाले गरेको सहयोगप्रति परिवार आभारी भएको भन्दै धन्यवाद व्यक्त गरिन् । अरूले कुरा मात्रै गरे तर, यो पार्टीले साच्चिकै अनुसरणीय काम गरेको भन्दै खुसी व्यक्त गर्दै हामी सम्पूर्ण परिवार बुवाले देखाउनु भएको बाटोबाट कहिले बिचलित नहुनेसमेत प्रतिबद्धता ब्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :