क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा चितवनमा विरोध प्रदर्शन तथा सभा

क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा चितवनमा विरोध प्रदर्शन तथा सभा

चितवन : नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय सङ्गठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ चितवनले राष्ट्रघाती एमसीसी सम्झौता मजदुरका अधिकारका विषयमा र पेट्रोलियम पदार्थको मूल्यबृद्धि खारेजीको माग राख्दै श्रमिक मजदुरहरू लायन्सचोकदेखि पुल्चोकसम्म वृहत र्यालीसहित कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा विशेष समिति सदस्य ध्रुवले राष्ट्रघाती एमसीसी सम्झौता नेपाली जनताका लागि गलाको पासो जस्तो हुने भएको र अमेरिकी शासकले नेपाललाई उपनिवेशीकरण गरि शासन चलाउने भएकोले यसलाई खारेज गर्नुपर्ने बताए । यस्तै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय महासचिव श्याम सेन्चुरीले मजदुरहरूको दैनिकीमा निकै समस्या भएकोले तलब महिनाको तीस हजार नेपाल सरकारसँग माग गर्नुपर्ने बताए ।

कार्यक्रममा पार्टीका विशेष समिति सदस्य ध्रुव खड्का, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय महासचिव श्याम सेन्चुरी, मजदु्रका जिल्ला इन्चार्ज हुकुम, मजदुरका जिल्ला अध्यक्ष ओम लामिछानेको उपस्थिति रहेको थियो । साथै नेपाल कम्युनिस्ट पार्टीका महानगर इन्चार्ज दुर्गा सेवदी र महानगर सचिव राजकुमार तिमिल्सिनालगायतका जिल्ला नेताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :