राष्ट्रघाती एमसीसीकाे विरुद्ध सडकमा निस्किए इलामका मजदुर 

राष्ट्रघाती एमसीसीकाे विरुद्ध सडकमा निस्किए इलामका मजदुर 

इलाम: राष्ट्रघाती एमसीसी सम्झौताको विरोधमा निरन्तर आन्दोलन गरिरहेको नेपाल कम्युनिस्ट पार्टी लगायतका ६ दल र २ मोर्चाहरु देशभरी आन्दोलन गरिरहेका छन् । इलाममा भने नेपाल कम्युनिस्ट पार्टी निकट मजदुर संगठन जिल्ला समितिले आज कन्याममा विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शन कार्यक्रममा सुर्योदयमा कार्यरत मजदुर संगठनका नेता कार्यकर्ताहरु सडकमा आएका थिए । 

प्रदर्शनपछि भएको काेणसभामा मजदुर संगठनका इलाम जिल्ला नेता हिमालले बोलेका थिए । उनले राष्ट्रघाती एमसीसी विरुद्ध निरन्तर संघर्ष गरिने बताए । त्यस्तै कार्यक्रममा मुख्य वक्ता रहेका नेकपा सुर्योदय नगरपालिका इन्चार्ज रहेका अविनाशले राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध इलामका देशभक्तहरु निरन्तर लडिरहेको र आफ्नो पार्टीको अगुवाइमा यो आन्दोलन सशक्त र आवश्यक पर्यो भने सशस्त्र रुपमा पनि अगाडि बढ्न सक्ने चेतावनी दिए । उनले देश र जनताको निम्ति आफुहरु बलिदान दिन तयार रहेको बताए । उनले केही राष्ट्रघाती दलालहरु इलाममा पनि सल्बलाएको बताउदै देश र जनता विरुद्ध उभिए पत्तासाफ गरिने चेतावनी दिए । कार्यक्रमको संचालन जिल्ला सदस्य सन्तराजले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :