उदयपुरमा रक्तदान कार्यक्रम सम्पन्न

उदयपुरमा रक्तदान कार्यक्रम सम्पन्न

उदयपुर : रक्तदान जीबनदान भन्ने मुल नाराको साथमा उदयपुर गढीको हेल्थकेयर प्रा.लि.र नेपालटार बजारको सानीमा बैंक, गढी गाउँपालिका कार्यालय र बजार ब्यवस्थापन समितिको साझेदारीमा उदयपुर गढी गाउँपालिकाको वार्ड न ६ नेपालटार बजारमा कार्यक्रमको शुरूवात मै हस्पिटलका स्टाफहरू बिभेस कुमार शाह, सुमित्रा राई र शिबराज दहालले रक्तदान गरि कार्यक्रम उद्घाटन गरेका थिए । साथै आज ४१ जना सहभागीहरूले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमको उद्देश्य आपतकालीन अवस्थामा कुनै पनि मान्छेले रगतको कारणले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले हेल्थकेयर प्रा.लि.ले गत सालमा ५१ जनालाई सहभागी गराई रक्तदान गराउन सफल भएको र यो साल पनि कार्यक्रम आयोजना गरि ४१ जना सहभागीले आफ्नो स्व–इच्छाले रक्तदान गरि बाढी, पहिरो र भूकम्पको समस्या तथा अनिच्छित गर्भधारण, गर्भपतन र सिजेरियन अप्रेसनमा थोरै भए पनि सहयोग पुगोस् भन्ने हिसाबले आफुहरूले कार्यक्रम आयोजना गरेको हेल्थकेयर प्रा.लि. का डा.बिभेश कुमार शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :