संयुक्त दलहरूद्वारा एमसीसी खारेजीको माग गर्दै कञ्चनपुर प्रशासन घेराउ 

संयुक्त दलहरूद्वारा एमसीसी खारेजीको माग गर्दै कञ्चनपुर प्रशासन घेराउ 

कञ्चनपुर : राष्ट्रघाती सम्झौता एमसीसी खारेजीको माग गर्दै ६ वटा दल र दुई मोर्चाले कञ्चनपुर जिल्ला प्रशासन कार्यालय घेराउ गरेको छ । नेकपासहित संयुक्त दलका प्रदर्शनकारीले कञ्चनपुरको महेन्द्रनगरस्थित खुला मञ्चबाट र्याली सुरु गरी नारा जुलुस गर्दै बजार परिक्रमा गरेका थिए ।

विरोध प्रदर्शनको कोणसभामा नेकपा निकटका जिल्ला सचिव जीवन परियारले सम्बोधन गर्दै देशका संसदवादी दलालहरुले बदनियतपूर्ण तरिकाले आफ्नो देशको राष्ट्रियता अमेरिकालाई बेच्ने कुचेष्टा गरिरहेको बताउँदै आफ्नो पार्टीले यो सम्झौता खारेज नगर्दासम्म निरन्तर संघर्ष गर्ने बताए । नेता परियारले भने, “आजसम्मका जति पनि राष्ट्रघाती सम्झौता गरिएका छन् त्यसमा कांग्रेसको नै अग्रसरता रहेको आरोप लगाउँदै अहिले MCC सम्झौता लागू गर्नमा पनि कांग्रेस पार्टी मुख्य भूमिका रहेको छ ।आफूहरुले कुनै पनि हालतमा यो सम्झौतालाई लागु हुन नदिने उनले बताए । प्रदर्शनमा सहभागी नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला सचिव कैलाश, ग्रेटर नेपालका केन्द्रीय उपाध्यक्ष गजेन्द्र पाण्डे र जनमोर्चाका जिल्ला अध्यक्ष राम कार्की लगायत वक्ताहरुले पनि राष्ट्रिय स्वाधिनता जोगाउन आफूहरु निरन्तर आन्दोलनमा उत्रने बताएका छन् । सबै वक्ताहरुले MCC सम्झौता खारेज हुनुपर्नेमा जोड दिँदै राष्ट्रियता जोगाउनका लागि सबै राष्ट्रवादी युवा विद्यार्थी आम जनसमुदायलाई आन्दोलनमा समाहित हुन अपिल समेत गरेका छन् ।

नेकपासहितका दल र मोर्चाद्वारा mcc खारेजको माग गर्दै देशैभरि विरोध प्रदर्शनका गर्दै आएको छ र आज पनि देशभरका प्रशासन कार्यालय घेराउ गरेको छ । सरकारले एमसीसी सम्झौता पारित गर्नका लागि अहिले संसदमा पेस गरेको छ । उक्त एजेण्डा अहिले संसदमा विचाराधीन छ । आज बस्ने भनेको प्रतिनिधि सभाको बैठक आजका लागि स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :