एमसीसी विरुद्ध जिल्ला प्रशासन कार्यलय दैलेख घेराउ कार्यक्रम सम्पन्न

एमसीसी विरुद्ध जिल्ला प्रशासन कार्यलय दैलेख घेराउ कार्यक्रम सम्पन्न

६ कम्युनिस्ट पार्टी र २ माेर्चासहित आठ दलीय माेर्चाले घाेषणा गरेकाे राष्ट्रघाती एमसीसी विरुद्ध संघर्षकाे कार्यक्रम अनुसार आज जिल्ला प्रशासन कार्यलय दैलेख घेराउ कार्यक्रम सम्पन्न भएकाे छ ।

कार्यक्रम दैलेख बजारकाे गणेशचाेकबाट शुरु भएर एमसीसी चाहिदैन देश बेच्न पाईदैन!, राष्ट्रघाती एमसीसी खारेज गर!, ८ दलीय माेर्चा जिन्दावाद!, दलालहरु हाेशियार!, सम्पूर्ण देशभक्तहरु एक हाैँ! लगायतका नारा जुलुशसहित प्रशासन कार्यलयमा पुगेकाे थियाे ।

कार्यक्रममा नेकपा दैलेख, नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमाेर्चा र वैज्ञानिक कम्युनिस्ट पार्टी नेपाल सहित  ४ वटा पार्टीकाे सहभागिता रहेकाे थियाे । कार्यक्रम नेकपा दैलेखका सेक्रेटरी दिपेन्द्र, नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश समिति सदस्य भरत रेग्मी, राष्ट्रिय जनमाेर्चा दैलेखका कार्यवाहक अध्यक्ष लाेकपाल थापा र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी कर्णाली प्रदेश संयाेजक श्याम कुँवरकाे उपस्थिति रहेकाे थियाे । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :