एमसीसी खारेजीको माग गर्दै नेकपा रुकुम पश्चिमद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ 

एमसीसी खारेजीको माग गर्दै नेकपा रुकुम पश्चिमद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ 

रुकुम पश्चिम: नेपाल कम्युनिस्ट पार्टीले एमसीसी खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम घेराउ गरेको छ ।
उक्त कार्यक्रमा सम्बोधन गर्दै कन्चनले नेपालका लागि  एमसीसी घातक रहेको  बताउदै दलाल संसदीय व्यवस्थाले देश झन् संकटमा बढ्दै गएको हुँदा दलाल संसदीय व्यवस्थाको अन्त्य गरी नयाँ जनवादी राज्य व्यवस्था स्थापना गर्नु अनिवार्य भएको बताएका थिए ।

कार्यक्रमको सन्चालन गर्दै जिल्ला सचिवालय सदस्य मोतिराम खड्काले  नेपालको  प्राकृतिक स्रोत साधनहरू  जल, ऊर्जा नेपालका महत्वपूर्ण खनिज पदार्थ लगायतका स्रोत साधनहरुमाथि गर्ने  हस्तक्षेप गर्ने उदेश्यले एमसीसी आएकाले खारेज गर्नु पर्ने बताए ।

केन्द्रीय कार्यक्रम अनुसार  नेपाल कम्युनिस्ट पार्टीले जिल्ला प्रशासन घेराउ गरेको हो । अमेरिकी हस्तक्षेप मुर्दावाद, गो ब्याक एमसीसी, राष्ट्रघाती एमसीसी खारेज गर, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद लगाएका नाराहरु लगाउदै जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए ।

कार्यक्रमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य  तथा जिल्ला इन्चार्ज डिल्लीराज शर्मा (विश्व) जिल्ला सेक्रेटरी चन्द्र बुढा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :