आज पनि प्रदर्शनकारीमाथि गोली प्रहार, एकजना प्रदर्शनकारी गम्भीर घाइते

आज पनि प्रदर्शनकारीमाथि गोली प्रहार, एकजना प्रदर्शनकारी गम्भीर घाइते

काठमाडौँ : राष्ट्रघाती एमसीसी संसद्मा टेबुल गरिएको विरोधमा नेकपालगायत ६ राजनीतिक दल र दुई मोर्चाद्वारा आह्वान गरिएको साताव्यापी आन्दोलनको दोस्रो दिन बिहीबार काठमाडौँ नयाँबानेश्वरको प्रदर्शनमा प्रदर्शनकारीमाथि गोली प्रहार गरिएको बताइएको छ । यसैबीच अश्रुग्याँसको मुक्कासमेत लागेर गम्भीर भएका आन्दोलनकारी हेमराज अवस्थीको अवस्था गम्भीर रहेको घटनास्थलबाट प्राप्त समाचारमा जनाइएको छ ।

गम्भीर घाइते अवस्थीको टाउकोमा गम्भीर चोट लागेको छ । प्राप्त पछिल्लो समाचारअनुसार बानेश्वरस्थित एभरेस्ट नर्सिङ होमले उनलाई ट्रमा सेन्टरमा रिफर गरेको छ ।

आन्दोलनको नेतृत्व गरिरहेका दलहरूका अनुसार नयाँबानेश्वरबाट मात्र प्रहरीले कयौँ प्रदर्शनकारीलाई गिरफ्तार गरिसकेको छ । आन्दोलनकारी दलले सरकारको क्रूर दमनको निन्दा गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना र गिरफ्तार आन्दोलनकारीको शीघ्र रिहाइको माग गरेका छन् । ६ राजनीतिक दल र २ मोर्चाले १६ गतेसम्म सशक्त आन्दोलनको घोषणा गरेका छन् । हिजो बुधबार अखिल नेपाल जनसांस्कृतिक महासङ्घलगायत पाँच सांस्कृतिक मोर्चामा आबद्ध स्रष्टा र संस्कृतिकर्मीले काठमाडौँलगायत देशैभर सिर्जनाका माध्यमबाट राष्ट्रघाती एमसीसीको विरोध गरेका थिए भने आज काठमाडौँमा संसद् भवन घेराउ र देशभर जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :