नेकपा र जनमोर्चाद्वारा रोल्पामा एमसीसीबिरुद्ध जिल्ला प्रशासन कार्यालय घेराउ

नेकपा र जनमोर्चाद्वारा रोल्पामा एमसीसीबिरुद्ध जिल्ला प्रशासन कार्यालय घेराउ

रोल्पा : राष्ट्रघाती एमसीसीबिरुद्ध नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चा नेपालद्वारा रोल्पामा जिल्ला प्रशासन कार्यालय घेराउ कार्यक्रम सम्पन्न भएको छ । बिहीबार भएको प्रदर्शन कार्यक्रममा एमसीसीबिरुद्ध नाराजुलुससहित घेराउ गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय घेराउ लगत्तै लिबाङको टुडिखेलमा कोणसभा भएको थियो । उक्त कोण सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज केशबहादुर बाँठा ‘सुबास’ ले एमसीसी देशका लागि घातक भएको बताए । राष्ट्रिय स्वाधीनताका लागि देशभक्तहरू एकजुट भएर राष्ट्रिय मुक्तिको लडाइँ लड्ने बेला आएको उद्घोष गर्दै उनले भने, अब राष्ट्र र राष्ट्रियताको लागि एक भएर राष्ट्रिय स्वाधीनताको लडाइँमा आउनुहोस्, बिदेशी हस्तक्षेपबाट देश जोगाउ’।

त्यसैगरी सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा नेपाल लुम्बिनी प्रदेश समिति सल्लाहकार हस्तमणि पुन मगरले हिन्द महासागर र प्रशान्त महासागरद्वारा घेरिएका देशहरूलाई इन्डोप्यासिफिक रणनीति अन्तर्गत हस्तक्षेप गर्ने र चाइनाको शक्तिसँग लड्ने एमसीसीको सैन्य रणनीति भएको दाबी गरे । एमसीसी देश बिकाशका लागि नभएर राष्ट्रघातका लागि आउन लागेको मगरले बताए ।

कार्यक्रमलाई नेकपा रोल्पा बिशेष कमिटी सदस्य प्रयासको अध्यक्षतामा सम्पन्न भएको कोणसभालाई रोल्पा नगरपालिका इन्चार्ज तथा जिल्ला कमिटी सदस्य खिमराज घर्तीले स्वागत मन्तब्य दिएका थिए । सुनछहरी गाउँपालिका इन्चार्ज तथा नेकपा रोल्पा जिल्ला कमिटी सदस्य हेमन्तले कार्यक्रमलाई सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :