जनयुद्ध दिवसको अवसरमा घाइते योद्धालाई सम्मान

जनयुद्ध दिवसको अवसरमा घाइते योद्धालाई सम्मान

बर्दिया :  नेपाल कम्युनिस्ट पार्टी बर्दियाले घाइते योद्धाहरूलाई अभिनन्दन तथा सम्मान कार्यक्रम गरेको छ। २७ औँ जनयुद्ध दिवसको अवसरमा बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. दुई सङ्गम बस्तीमा दस वर्ष लामो जन आन्दोलनमा घाइते भएका १२ जना योद्धालाई सम्मान गरेको हाे ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका बिशेष समिति सदस्य हिम शिखरले घाइते योद्धाहरूलाई अविर र खादा ओढाइँ सम्मान गरे । नेपाल कम्युनिस्ट पार्टी बर्दिया जिल्ला सचिव गणेश चौधरीले किन ? कसका लागि ? बन्दुक उठाए र घाइते भएको हो । यसको जवाफ घाइते योद्धाहरूले नपाएको बताए । १० हजार घाइते बेपत्ता भएका योद्धाहरू विभिन्न समस्यामा रहेको र उनीहरूको सपना पूरा नभएको चौधरीले बताए ।

नेपाल कम्युनिस्ट पार्टीले नियन्त्रणमा लगेको प्रत्येक जिल्लाको पाँच बिगा जग्गामा खेती उब्जनी गरि घाइते अपाङ्ग गरिब मजदुर वर्गलाई सहयोग गर्दै आएको बताए । यस्तै नेपाल कम्युनिस्ट पार्टी बर्दियाले जनयुद्ध दिवसको अवसर पारेर रक्तदान कार्यक्रम जस्ता अन्य कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :