प्रण

कविता

प्रण

बाजेले भनेका थिए रे
मेरी प्रिय जिजुआमालाई–
‘यसलाई ठुलो मान्छे बनाएस्
र त्यही गीत गाउन सिकाएस्
जुन गीतको मूच्र्छना सुनेर
गाउँ–बस्ती जुरुक्वै उठ्न सकून् !’
हो, त्यति बेला कलिला थिए रे मेरा बुबा !
आमा भन्दै थिइन्–
‘हो बाबु !
तेरा बुबा,
बाजेको सपना पूरा गर्न
तातो सडकमा ओर्लिंदा
तारो बने क्रूर सत्ताको !’
डङ्ग्रङ्ग ढले बीच सडकमा
विद्रोहको गीत गाउँदागाउँदै
क्षणभरमै अलप भयो उनको प्राणपखेरु ।
जुन बेला मेरा प्रिय बुबाको
मुटुको धड्कन रोकियो
त्यसै बेला
मैले प्रण गरेकी हूँ
सपूतको सपना पूरा गर्ने !

(महान् सहिदहरूमा समर्पित)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :