नेकपाका युवा नेता लोकेन्द्र खड्का तीन वर्षपछि नख्खु जेलबाट मुक्त

नेकपाका युवा नेता लोकेन्द्र खड्का तीन वर्षपछि नख्खु जेलबाट मुक्त

काठमाडौँ : नेकपाका युवानेता लोकेन्द्र खड्का झन्डै तीन वर्ष लामो जेलजीवन बिताएर सोमबार नख्खु जेलबाट मुक्त भएका छन् । सर्वोच्चमा परेको रिटमा सुनुवाइ हुँदा खड्कालाई साधारण तारेखमा रिहा गर्ने आदेश भएको हो । खड्कालाई उनकी पत्नी धनमाया डाँगी र विद्यार्थी नेता रवीन केसीले स्वागत गरेका थिए ।

खड्का २०७५ साल चैत ९ गते काभ्रेको खानीखोलामा नेकपाका तत्कालीन स्थायी समिति सदस्य एवम् मध्यकमान्ड इन्चार्ज सुदर्शनसँगै गिरफ्तार भएका थिए । उनी नेकपा नेता सुदर्शनको सचिवालयमा कार्यरत थिए । उनलाई हातहतियार, खरखजाना, राजद्रोह, राज्यविरुद्धको अपराधलगायत झूट्टा मुद्दा लगाइएको थियो ।

नेता सुदर्शनसँगै गिरफ्तार भएका नौजनामध्ये अझै दुईजना जेलमै छन् । सोमबार लोकेन्द्रसँगै रिहा आदेश भएका अर्का युवा नेता बुद्ध स्याङ्तानलाई भने रिहा हुनेबित्तिकै प्रहरीले हतियारसम्बन्धी अर्को मुद्दा बाँकी छ भन्दै हिरासतमा लगेको नेकपाले जनाएको छ । नेता सुदर्शनसँगै गिरफ्तार भएकामध्ये रामकृष्ण खतिवडा पनि जेलमै छन् ।

जेलमुक्त भएपछि खड्कालाई नेकपा केन्द्रीय सचिवालय सदस्य सुदर्शन, नेकपाका केन्द्रीय सदस्य आदर्शलगायतले ललितपुरमा स्वागत गर्दै बधाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :