कञ्चनपुरमा माओवादी केन्द्र र जसपा परित्याग गरि नेकपामा प्रवेश

कञ्चनपुरमा माओवादी केन्द्र र जसपा परित्याग गरि नेकपामा प्रवेश

कन्चनपुर : विभिन्न पार्टी परित्याग गरी कञ्चनपुरमा नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । सोमबार नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी परित्याग गरी नेताहरू नेकपामा ध्रुविकृत भएका हुन् ।

ध्रुविकृत हुनेमा माओवादी केन्द्रका नेता एवम् पुर्व पार्टी जिल्ला सचिव निरज परियार, पुर्व ब्युरो सदस्य हृदय, पुर्व जनमुक्ति सेना तथा जनता समाजवादी की केन्द्रीय सदस्य बासमती राजी, अन्य सदस्यहरू चमरु राना, धनबहादुर राना, डम्बर भट्ट, मिना खाती लगायतका नेताकार्यकर्ताहरू नेकपामा समाहित भएका छन् ।

उक्त पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि तथा नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुनले प्रवेशीहरूलाई खादा ओढाएर स्वागत बधाई दिएका थिए । नेता पुन र कार्यक्रममा सहभागी नेकपाका अर्का केन्द्रीय सदस्य अग्निले पार्टीको दृष्टिकोण, सिद्धान्त र कार्यदिशाको विषयमा प्रशिक्षित गर्दै वर्तमान राजनीतिक स्थिति र पार्टीको परिस्थितिबारे प्रकाश पारेका थिए । वर्तमान संसदीय राजनीतिको अस्तित्व समाप्त हुन लागेको र यो राजनीतिक सङ्कटको निकास दिँदै अबको नेतृत्व नेकपा विप्लवले गर्ने कुरा नेताहरूले बताए । एमसीसी जस्तो राष्ट्रघाती सम्झौता गरेर दलाल शासकहरूले देशलाई अमेरिकी साम्राज्यवादको उपनिवेशमा धकेलेकोले अब जनताले राष्ट्रिय प्रतिरोध सङ्घर्ष गर्नुपर्ने कुरामा उनीहरूले जोड दिए ।

जिल्ला सचिव जीवन परियारको अध्यक्षतामा भएको कार्यक्रममा बैतडी जिल्लाका पार्टी सचिव लक्ष्मण, अनेमसंघ की केन्द्रीय सचिवालय सदस्य पुर्णिामा धामी, युवा सङ्गठन नेपालका सुदूर-पश्चिम इन्चार्ज भुवन कुवर, मगर मुक्ति मोर्चा की केन्द्रीय सदस्य उषा थापामगर, जनस्वास्थ्य सङ्गठनका सुप संयोजक राम भट्ट लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :