राष्ट्रघाती एमसीसीविरुद्ध कर्णाली बजारमा बिरोध प्रदर्शन

राष्ट्रघाती एमसीसीविरुद्ध कर्णाली बजारमा बिरोध प्रदर्शन

दैलेख : नेपाल कम्युनिस्ट पार्टीसहित ६ दल र दुई मोर्चाले घोषणा गरेको राष्ट्रघाती एमसीसीविरुद्ध बिरोध प्रदर्शन कार्यक्रम दैलेखको राकम कर्णाली बजारमा शुक्रबार सम्पन्न भएको छ। बाख्रेकोट बजारदेखि खोली बजारसम्म अमेरिकी साम्राज्यवाद मुर्दावाद एमसीसी चाँहिदैन देश बेच्न पाइदैन, दलाल संसदीय ब्यवस्था मुर्दावाद, राष्ट्रघाती एमसीसी खारेज गर लगायतका नारासहित जनप्रदशन गरिएको हो।

जनप्रदशनपछि भएको कोणसभा कार्यक्रममा बोल्दै नेकपा दैलेखका सेक्रेटरी दिपेन्द्रले राष्ट्रघाती एमसीसी सम्झाौता संसदबाट पारित गराउँन दलाल सरकारले देशभक्तहरूमाथि दमन गरेर घाईते बनाएको र गिरफ्तार गरेको कुरा उल्लेख गर्दै देशभक्तमाथि गरिएको दमनको हिसाब आन्दोलनबाट गर्ने बताए आफूहरू एमसीसीबिरुद्ध निरन्तर आन्दोलनमा रहेको र एमसीसी संसदबाट पास गरिएमा देशमा स्वाधिनताको लडाइँ हुने र यो लडाइँले राष्ट्रघातीहरू खरानी हुने बताए।

कार्यक्रममा नेकपा दैलेखका सदस्य क्रान्ति, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य सुद्रसन र नेकपा दैलेखका सदस्य दुर्गाले पनि मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन कुशलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :