कञ्चनपुरमा सयुक्त मोर्चाले एमसीसी खारेजको माग राख्दै गर्यो विरोध प्रदर्शन

कञ्चनपुरमा सयुक्त मोर्चाले एमसीसी खारेजको माग राख्दै गर्यो विरोध प्रदर्शन

कञ्चनपुर : एमसीसी सम्झैताको बिरोधमा कञ्चनपुरमा सयुक्त बिरोध प्रदर्शन भएको छ । नेकपा , नेकपा (क्रान्तिकारी माओवादी) पार्टी लगायत ६ दलले शुक्रबार प्रदर्शन गरेका हुन् ।

एमसीसी चाहिँदैन, गो व्याग एमसीसी, दलालहरू होसियार, अमेरिकी दलाल मुर्दावाद, गठबन्धन सरकार मुर्दावाद, एमसीसी हामीलाई चाहिँदैन भन्दै नारा जुलुससहित महेन्द्रनगरमा बिरोध प्रदर्शन भएको छ ।

त्यस्तै कोण सभामा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज रामबहादुर चौधरी ‘महान’ ले राष्ट्रघाती एमसीसी सम्झौता हाम्रो देशको राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको विरुद्धमा रहेको हुँदा यो खारेज हुनुपर्ने बताए । उनले यो देशका संसद्‌वादी दलालहरूले देशको अस्तित्वलाई नै साम्राज्यवादी राष्ट्र अमेरिकीलाई बेच्न लागेको बताउँदै सबै देशप्रेमी जनसमुदायमा आन्दोलित हुन आग्रह गरे । विकासको नाममा देशका प्राकृतिक स्रोत साधनको दोहन गर्न अमेरिका एमसीसीमार्फत भित्रिरहेको हुँदा हाम्रो पार्टी उक्त राष्ट्रघाती सम्झौतालाई खारेज नगर्दासम्म निरन्तर आन्दोलनरत हुने र कुनै पनि हालतमा लागू गर्न नदिने नेता महानले बताए ।

अर्का वक्ता नेकपा (क्रान्तिकारी माओवादी) सुदूर-पश्चिम प्रदेश सदस्य बिष्णु दमाईले कुनै पनि हालतमा एमसीसी सम्झैता खारेज हुनुपर्ने बताए । एमसीसी आर्थिक सहयोगको नाममा देशलाई अमेरिकाको गुलाम बनाउन नहुने बताए । नेता दमाईले एमसीसी राष्ट्रघाती सम्झैता भएकोले खारेज गरिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :