महासचिव विप्लवद्वारा पदमकुमारी गुरुङप्रति श्रद्धाञ्जली व्यक्त

महासचिव विप्लवद्वारा पदमकुमारी गुरुङप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेकपा साधारण शाखा सदस्य तथा राष्ट्रिय उद्योग वाणिज्य महासङ्घकी केन्द्रीय सदस्य उमा गुरुङकी आमा पदमकुमारी गुरुङप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । ७ चैत १९९० मा ओखलढुङ्गामा जन्मिएकी पदमकुमारी गुरुङको ८८ वर्षको उमेरमा यही २०७८ साल फागुन चार गते निधन भएको हो । महासचिव विप्लवले नेकपाकी सदस्य उमाका साथै शोकसन्तप्त सम्पूर्ण आफन्तजनमा हार्दिक समवेदना पनि व्यक्त गरेका छन् ।

महासचिव विप्लवद्वारा आज जारी शोक वक्तव्यमा भनिएको छ, ‘हाम्रो महान् तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी साधारण शाखा सदस्य तथा राष्ट्रिय उद्योग वाणिज्य महासङ्घकी केन्द्रीय सदस्य उमा गुरुङकी आमा ओखलढुङ्गा, रुम्जाटार ८ स्थायी घर भएकी पदमकुमारी गुरुङ (जन्म मिति ७ चैत १९९०) को यही २०७८ साल फागुन चार गते ८८ वर्षको उमेरमा निधन भएको खबरले हाम्रो पार्टीलाई दुःखी बनाएको छ । मृतक पदमकुमारी गुरुङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछौँ र कमरेड उमाका साथै मृतकका तीन छोरी, एक छोरालगायत शोकसन्तप्त सम्पूर्ण आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।’

उमा गुरुङ तमु मुक्ति मोर्चाकी पूर्वकोषाध्यक्ष र जनगणतान्त्रिक सम्पर्क मञ्चकी पूर्वउपाध्यक्ष हुन् । उनलाई जनयुद्धको समयमा तत्कालीन सरकारले ८ महिनासम्म बेपत्ता बनाएको थियो । केपी वली–पुष्पकमल दाहाल सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको समयमा उमाले २५ दिनसम्म प्रहरी हिरासतमा बन्दी जीवन बिताएकी थिइन् । शोक वक्तव्यको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :