कञ्चनपुरमा बन्दकर्ताले नियन्त्रणमा लिए वडाध्यक्षको गाडी

कञ्चनपुरमा बन्दकर्ताले नियन्त्रणमा लिए वडाध्यक्षको गाडी

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका वार्ड ४ का वार्ड अध्यक्ष लक्ष्मी दत्त बोहराको सरकारी मोटरसाईकल नेपाल बन्दकर्ताले नियन्त्रणमा लिएका छन् ।

बन्दकर्ताले अध्यक्ष लक्ष्मी दत्त बोहराको मोटरसाईकल बसपार्क नजिकबाट नियन्त्रणमा लिएको नेकपाका युवा नेता दिपेन्द्र ऐेरीले जानकारी दिए ।

नेकपा नेताकार्यकर्ता र क्रान्तिकारी माओवादीका नेता कार्यकर्ता लगायत सयुक्त पाँच दलका नेता बिहानैदेखि आन्दोलनमा रहेका छन् । नेपाल बन्दको समयमा सरकारी मोटरसाईकल चलाएको भन्दै मोटरसाईकल नियन्त्रणमा लिएको नेता ऐरीले बताए । वार्ड ४ का वार्ड अध्यक्ष लक्ष्मी दत्त बोहराको सरकारी मोटरसाईकल सुरक्षित राखेर साँझ फिर्ता गर्ने नेता ऐरीले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :