झापा, काठमाडौँ र डाेटीबाट २५ जना गिरफ्तार

झापा, काठमाडौँ र डाेटीबाट २५ जना गिरफ्तार

झापा : राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै सडकमा नेपाल बन्द गर्न निस्किएका नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तासहित झापाबाट ७ जना गिरफ्तार परेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी सहितका विभिन्न पार्टीको आह्वानमा आज राष्ट्रघाती एमसीसी सम्झौता टेबुल गर्न लागेको भन्दै नेपाल बन्दको घोषणा गरिएको थियोे ।

झापाको बुद्धशान्ति गाउँपालिकाबाट नेकपा झापाका जिल्ला सदस्य तथा बुद्धशान्ति इन्चार्ज दिनेश निरौला, नगर सदस्य रिवज, मेचिनगरबाट हितबहादुर दर्जि र नाम नखुलेका एकजना समर्थक गिरफ्तार परेका छन् भने झापाको दुर्गापुरबाट बैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य सक्कल लिम्बु, केन्द्रीय सदस्य मगेस र प्रदेश सदस्य प्रबत कडरिया गिरफ्तार परेका छन् ।

यसैगरी काठमाडौँबाट मध्याह्नसम्म गिरफ्तार गरिएकाहरु प्रेम सिँजापति, हस्तकुमार विक (लियो), भरत चन्द, गोरख धामी, अर्जुन सुनार, नवीन बिस्ट, निकास बस्नेत, छत्र विक, राजेश रावल, विवेक मयाल, पूर्णचन्द्र खड्का, निराजन रावत, मौसम माझी, सुवास महत, दीपक विक र कृष्ण रावल रहेका छन् ।

यस्तै डोटीमा दुइ जना बन्द कर्ता गिरफ्तार भएका छन् । नेपाल कम्युनिस्ट पार्टीका साहयक सङ्गठन युवा सङ्गठन नेपाल डोटीका अध्यक्ष सुशिल मलासी र अखिल (क्रान्तिकारी) जिल्ला कोषाध्यक्ष योगेन्द्र थापालाई सिलगढी डोटीको जिरोप्वाइन्टबाट गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय सिलगढी डोटीमा राखिएकाे जानकरी प्राप्त भएको छ । शान्तिपूर्ण कार्यक्रम गरिएको अवस्थामा गिरफ्तार गरेर हामीलाई उतेजित बनाउन खोजिएको हुँदा गिरफ्तार गरिएका नेता/कार्यकर्ता तु रिहा नगरिए कडा आन्दोलनमा जान वाध्य हुने नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय सदस्य तथा दिपायल सिलगढी नपा इन्चार्ज कृष्णबहादुर बोहराले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :