उदयपुरमा मसाल जुलुस भब्यताका साथ सम्पन्न

उदयपुरमा मसाल जुलुस भब्यताका साथ सम्पन्न

उदयपुर : बन्दको पुर्बसन्धयामा नेपाल कम्युनिस्ट पार्टी उदयपुरले मसाल जुलुस भब्यताका साथ सम्पन्न गरेको छ ।

मसाल जुलुस गाईघाटको बीपी चोकबाट राष्ट्रघाती एमसीसी खारेजको विभिन्न नाराहरू लगाउँदै मसाल बोकी बजार परिक्रमा गरि मेन चोकमा कोणसभा सम्पन्न भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा उदयपुर सेक्रेटरीले रास्ट्रघाती एमसीसी सदनमा टेबल हुन लागेकोले त्यसको विरुद्धमा नेपाल बन्द गर्नु परेको बताउँदै उक्त बन्दलाई सफल पार्नको लागि सम्पूर्ण यातायात ब्याबसायी उद्योगी ब्यापारी, बुद्धिजीवी, कर्मचारी, शिक्षकलाई बन्द सफल पार्न सहयोग गर्न अपिल गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :