अर्घाखाँचीको सन्धिखर्कमा मसाल जुलुस प्रदर्शन

अर्घाखाँचीको सन्धिखर्कमा मसाल जुलुस प्रदर्शन

अर्घाखाँची : नेपाल बन्दको पुर्वसन्ध्यामा अर्घाखाँची जिल्लाले विभिन्न ठाउँमा मसाल जुलुस सम्पन्न गरेको छ । बन्दको पुर्वसन्ध्यामा नेपाल कम्युनिस्ट पार्टीले जिल्लाको सन्धिखर्कमा मसाल जुलुस सम्पन्न गरेको हो ।

मसाल जुलुसपछि भएको कोणसभालाई सम्बोधन गदै नेकपा जिल्ला सदस्य नवीन खड्का ‘बारूद’ ले नेपाली जनताले बैदेशिक हस्तक्षेपको प्रतिवाद गर्ने बताउँदै भोलिको बन्दमा जनताले साथ दिने बताए ।

भोलि (बुधबार) देशैभरि लामो तथा छोटो दुरिका गाडीहरू नचल्ने, शिक्षण संस्था, उद्योगधन्दा कलकारखाना पुर्ण रूपमा बन्द रहने नेकपा अर्घाखाँचीले जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टीसहित ५ पार्टी र एक मोर्चाले सयुक्त रूपमा फागुन ४ गते नेपाल बन्दको धोषणा गरेका छन्

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :