नेपाल बन्दको पूर्वसन्ध्यामा कपिलवस्तुमा मसाल जुलुस प्रदर्शन

नेपाल बन्दको पूर्वसन्ध्यामा कपिलवस्तुमा मसाल जुलुस प्रदर्शन

कपिलवस्तु : नेपाल बन्दको पूर्वसन्ध्यामा नेकपा कपिलवस्तुले मसाल जुलुस प्रदर्शन गरेको छ । एमसीसी सम्झौता राष्ट्रघाती सम्झौता भएको भन्दै संसदले फागुन ४ गते पेस गरी पास गर्ने षड्यन्त्र गरेको भन्दै नेकपासहित ५ पार्टी र एक मोर्चाले नेपाल बन्द आह्वान् गरेको छ ।

नेपाल बन्दको पूर्वसन्ध्यामा जिल्लाको चनौटा बजार र इमलियामा मसाल जुलुस प्रदर्शन गरेको हो । शान्तिपूर्ण मसाल जुलुसको क्रममा चनौटामा प्रहरीले हस्तक्षेप गरेको नेकपा केन्द्रीय सदस्य एवम् कपिलवस्तु÷अर्घाखाँची इन्चार्ज जुझारुले बताए । उनले जिल्लाका सम्पूर्ण सरोकारवालाहरूलाई बन्द सफल पार्न सहयोग गर्न अपिलसमेत गरे ।

नेपाल बन्दको क्रममा फागुन ४ गते जिल्लाका सम्पूर्ण उद्योग, कलकारखाना, यायातात, शैक्षिक संस्था, बजार क्षेत्र बन्द रहने नेकपा कपिलवस्तुले बताएको छ । बन्दको क्रममा अत्याश्यक एम्बुलेन्स, शबवहान, दुधको गाडी, दम्कलहरू भने निर्बाध रुपले चल्ने बताइएको छ ।

नेकपाले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा निरन्तर सङ्घर्ष गर्दै आएको छ । सरकारले फागुन ४ गते बस्ने संसद् बैठकमा एमसीसी सम्झौता पास गर्ने तयारी गरेको बेला नेकपाले बन्दको आह्वान् गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :