जनगणतान्त्रिक सम्पर्क मञ्च सिन्धुपाल्चोक–काठमाडौँको जिल्ला भेला सम्पन्न

जनगणतान्त्रिक सम्पर्क मञ्च सिन्धुपाल्चोक–काठमाडौँको जिल्ला भेला सम्पन्न

काठमाडौँ : जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समिति नेपाल अन्तगर्त सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क मञ्चको दोश्रो जिल्ला भेला सम्पन्न भएको छ । भेलाले जीवन लामाको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको छ ।

जसको सचिवमा निरबहादुर तामाङ, कोषाध्यक्षमा निर्मला श्रेष्ठ, सदस्यहरूमा सोम तामाङ, सतु तामाङ, छिरिङ शेर्पा, भिमबहादुर तामाङ, मोहन तामाङ र सरस्वती तामाङ रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समितिका अध्यक्ष रत्न मगर अतिथिहरू केन्द्रीय सचिव सुशील बलम्पाकी, जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समितिका केन्द्रीय सदस्य बिष्णु बिक्रम खत्री र जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समिति तथा ओखलढुङ्गा–काठमाडौँ सम्पर्क अध्यक्ष जीवन बुढाथोकी रहेका थिए ।

उक्त कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष रत्न मगरले यो संसदीय व्यवस्था असफल भइसकेको यो व्यवस्थाले महँगी, भ्रष्टाचार, दलालीकरणले जनतालाई भ्रम सिर्जना मात्र गर्ने हुँदा अबको व्यवस्था भनेको वैज्ञानिक समाजवाद भएकोले विभिन्न जिल्लाबाट आउनु भएका जिल्लावासीहरूलाई एक भई उक्त व्यवस्थामा लाग्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :