अखिल नेपाल क्रान्तिकारी ढुवानी मजदुर सङ्घ गठन

अखिल नेपाल क्रान्तिकारी ढुवानी मजदुर सङ्घ गठन

चितवन : भरतपुर महानगरपालिका वडा नं. ३ अन्तरगत न्युरोडमा अवस्थित कैलासपति हार्डवेयरमा कार्यरत मजदुरको अनेक्रा घटक अखिल नेपाल क्रान्तिकारी ढुवानी मजदुर सङ्घ गठन भएको छ । भेलाले पूर्ण गुरुङको नेतृत्वमा ११ सदस्यीय भेला आयोजक कमिटी गठन गरेको बताइएको छ ।

भेलामा नेकपा चितवनका विशेष समिति सदस्य ध्रुवले मजदुर वर्गलाई कोरानाले मात्रै नसताएर मालिकहरूले पनि सताइरहेकोले मजदुरले आफ्नो अधिकारका लागि सङ्गठित हुँदै वैज्ञानिक समाजवादी व्यवस्थाका लागि कारखानाबाट सङ्घर्षमा भाग लिनुपर्ने बताए ।

यस्तै कार्यक्रममा मजदुर इन्चार्ज हुकुम र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका संयोजक ओम लामिछानेले मजदुर ऐन हकहितबारे स्पष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :