पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध उदयपुरमा विरोध प्रदर्शन

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध उदयपुरमा विरोध प्रदर्शन

उदयपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) उदयपुर जिल्ला समितिले पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि विरुद्धमा बुधबार उदयपुरको सदरमुकाम गाईघाटमा टायर बाली मुल्यवृद्धिविरुद्ध विभिन्न नारा लगाउँदै विरोध प्रदर्शन सम्पन्न गरेको छ ।

जनताको दैनिक जीबनमा आवश्यक पर्ने आधारभूत कुरामा सरकार जिम्मेवार बन्नुका सट्टा सरकारले जनताको ढाड सेक्ने गरी मङ्गलबार राती १२ बजेदेखि लागू हुने गरी साविकको विक्री मूल्यमा पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर रु. ३ बढाएर अब पेट्रोलको प्रतिलिटर रु. १४२, डिजल र मट्टीतेलको प्रतिलिटर रु. १२५ कायम गरेको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर रु. १०, बढाएको छ ।

उक्त मूल्यबृद्धिविरुद्ध सरकार दिन प्रतिदिन गैर जिम्मेवार बन्दै गएमा अझ सशक्त आन्दोलन गर्ने नेकपा निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य देहज बिष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :