क्रान्तिकारी यातायात मजदुर सङ्घ गठन

क्रान्तिकारी यातायात मजदुर सङ्घ गठन

चितवन : नेपाल क्रान्तिकारी यातायात मजदुर सङ्घ रत्ननगर नगरपालिका १४ नं. वडामा अवस्थित पवन ढुवानीमा कार्यरत यातयात मजदुरको भेलाले अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर सङ्घ पवन ढुवानी एकाइ समिति गठन गरेको छ । हीरा विकको अध्यक्षतामा गठित समिति १५ सदस्यीय रहेको बताइएको छ ।

उक्त भेलाका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका विशेष समिति सदस्य तथा मजदुर फ्याक्सन इन्चार्ज ध्रुवले वर्तमान अवस्थामा राज्यले यातायात मजदुरहरूमाथि नागरिकको जस्तो व्यवहार नगरेको र सेवासुविधाबाट वञ्चित गरेकाले मजदुरहरू सङ्गठति हुँदै आफ्नो अधिकारका लागि वर्गीय मुक्तियुद्ध लड्नुपर्ने बताए ।

कार्यक्रमको अध्यक्षता एकाइ अध्यक्ष हीरा विकले र सञ्चालन महासङ्घका जिल्ला संयोजक ओम लामिछानेले गरेका थिए । भेलामा चितवन मजदुरका जिल्ला इन्चार्ज हुकुम खड्कालगायत बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :