फुटपाथमा कार्यरत अखिल नेपाल क्रान्तिकारी सेल्स मजदुर संघको भेला सम्पन्न

फुटपाथमा कार्यरत अखिल नेपाल क्रान्तिकारी सेल्स मजदुर संघको भेला सम्पन्न

चितवन : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको मजदुर जागरण अभियानको क्रममा फुटपाथमा कार्यरत अखिल नेपाल क्रान्तिकारी सेल्स मजदुर संघको भेला सम्पन्न भएको छ ।

भरतपुर महानगरपालिका बडा नं. १ शहदि चोकमा मङ्गलबार सम्पन्न भेलाले फिरोज मियाँ अन्सारीको अध्यक्षतामा सङ्गठनको इन्चार्जमा राजु खड्का रहने गरि १९ सदस्यीय कमिटी गठन गरिएको छ ।

जसको इन्चार्जमा राजु खड्का, अध्यक्ष फिरोज मियाँ अन्सारी, सदस्यहरू भक्तबहादु्र लिम्बु, रन्जित बनिया, सुनिल रौनियार, राम नेपाली, शोभा पौडेल, महिन्द्र चौधरी, सचिन मगर, राज चौधरी, दिपक विक, मायाँ भुजेल, मानबहादुर लामा, लालबहादुर बुढा, बिनिता बस्नेत, मनिका राजवंशी, फिरोज आलम, चन्द्र कान्त पौडेल, निरोज आलम र धनराज राई रहेका छन् ।

प्रमुख अतिथि मजदुर जिल्ला इन्चार्ज हुकुम खड्काले फुटपाथमा रहेका मजदुरहरूलाई महानगर संसदीय व्यवस्थाका मतियारहरूले नगर प्रहरी परिचालन गरि दमन गरेको महानगरले यस्तो कार्य तत्काल रोकी मजदुरलाई उचित ठाउँमा व्यवस्थापन गर्न माग गरेको थियोे । मजदुरहरूको मुक्ति नेकपा निकट मजदुरले मात्रै गर्ने बताए ।

उक्त कार्यक्रमको सञ्चालन महासंघका सयोजक ओम लामिछानेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :