जनपत्रकार संगठनले कर्णाली प्रदेशका जिल्लामा एकै साथ बुझायो ज्ञापनपत्र

जनपत्रकार संगठनले कर्णाली प्रदेशका जिल्लामा एकै साथ बुझायो ज्ञापनपत्र

कालिकोटः जनपत्रकार संगठन नेपालले कर्णाली प्रदेशका १० र लुम्विनी प्रदेशका दुई जिल्ला सहित १२ जिल्लामा एकै दिन नेपाल पत्रकार महासंघको प्रदेश र जिल्ला शाखा कार्यालयहरुमा ज्ञापन बुझाएको छ ।
मंगलबार जनपत्रकार संगठन नेपालले श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक तथा पेशागत सुरक्षा हुनुपर्ने, लगायतका महासंघ सुधारका विभिन्न ६ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।
जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेशका अध्यक्ष वसन्त विकले हस्ताक्षर गरेको ज्ञापन पत्र प्रदेश सदस्य अशोक शाहीको नेतृत्वमा महासंघको प्रदेश कार्यालयमा पुगेको टिमले महासंघका प्रदेश अध्यक्ष देवीराम देवकोटालार्ई बुझाइएको छ ।
ज्ञापनपत्रमा श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक, पेशागत सुरक्षा र स्थायित्वलाई सुनिश्चित गर्न ठोस कदम चालि कोभिडका कारण रोजगार गुमाएका संचारकर्मीको पुनस्र्थापना, राहत र स्वास्थ्य उपचारका लागि पहल गर्नु माग गरिएको छ ।
यस्तै नेपाल सरकारद्वारा विमाङ्क रकम हाल्ने गरि श्रमजीवी पत्रकारहरुको निशुल्क ५ लाख बराबरको स्वास्थ्य विमा गर्न सम्वन्धित ठाउँमा पहल गर्न महासंघको ध्यानाकर्षण गराउदै जनपत्रकार संगठन कर्णाली प्रदेशले विमा गर्दा सहज र सजिलो प्रक्रियाबाट हुने गरि सबै पत्रकारहरुमा पूर्ण रुपमा कार्यान्वयन गर्न माग गरेको छ ।
जनपत्रकार संगठन नेपालले भनेको छ “महासंघका सदस्यहरुको सुद्धिकरण गर्दै सबै पत्रकार संगठन र पत्रकारहरुको महासंघमा सहभागिताका लागि थप मर्यादित र जिम्मेवारी हुदै पत्रकारिता गरिरहेका पत्रकारलाई सहज र निश्पक्ष रुपमा सदस्यता प्राप्त हुने सुनिश्चित वातावरण गरिहोस् ।”
यस्तै आफ्नो ज्ञापन पत्रमा जनपत्रकार संगठनले नेपाल पत्रकार महासंघले परिचालन गर्ने आर्थिक कारोवार पारदर्शि हुनुपर्ने, केन्द्र, प्रदेश र स्थानिय सरकारबाट प्राप्त हुने विज्ञापनहरु महासंघमार्फत समानुपातिक प्राणालीबाट सबै मिडियाहरुले पाउने वातावरण हुनु पर्ने र पत्रकारहरुको क्षमता बृद्धि विकास गर्न तालिम र प्रशिक्षणको व्यवस्था गरिनु पर्ने माग गरेको छ ।
ज्ञापनपत्र ग्रहण गर्दै महासंघका कर्णाली प्रदेश अध्यक्ष देवकोटाले मागपत्रप्रति आफु संवेदनशील रहेको र जायज मागहरु पूरा गर्ने प्रतिबद्धता जनाए ।
यस्तै जनपत्रकार संगठन नेपाल कालिकोट, जनपत्रकार संगठन नेपाल सल्यान, जनपत्रकार संगठन नेपाल बर्दिया, जनपत्रकार संगठन नेपाल बाँके, जनपत्रकार संगठन नेपाल पश्चिम रुकुम, जनपत्रकार संगठन नेपाल डोल्पा, जाजरकोट लगायतका जिल्लाहरुले पनि नेपाल पत्रकार महासंघका शाखा कार्यालयहरुमा पुगि ज्ञापनपत्र बुझाउदै महासंघको गम्भीर ध्यानाकषर्ण गराएका छन् ।
बाँके शाखामा जनपत्रकार संगठनका कर्णाली प्रदेशका अध्यक्ष वसन्त विक सहित जिल्लाका अध्यक्ष कमल अधिकारीको टोलीले बाँके शाखाका सचिव कमल डाँगीलाई भेटि ज्ञापनपत्र बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :