जनपत्रकार सङ्गठनद्वारा नेपाल पत्रकार महासंघ शाखा डडेल्धुरालाई ज्ञापन पत्र

जनपत्रकार सङ्गठनद्वारा नेपाल पत्रकार महासंघ शाखा डडेल्धुरालाई ज्ञापन पत्र

डडेल्धुरा : जनपत्रकार सङ्गठन नेपाल, जिल्ला समिति डडेल्धुराले मर्यादित र जिम्मेवार बन्न अपिल गर्दै विभिन्न मागहरू राखी नेपाल पत्रकार महासंघ शाखा डडेल्धुरालाई शुक्रबार ज्ञापन पत्र बुझाएको छ । महासंघ शाखा डडेल्धुराका अध्यक्ष हिम्मतसिंह ठकुरीले महासंघको हितमा रहेका जायज मागहरूलाई सम्बोधन गर्न संस्थागत रुपमा पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

सङ्गठनले निम्नानुसार मागहरू राखेको छ :

१) श्रमजीवी पत्रकारहरूको न्यूनतम् पारिश्रमिक, पेसागत सुरक्षा र स्थायित्वलाई सुनिश्चित गर्न ठोस पहल गरियोस् साथै कोभिड १९ का कारण रोजगार गुमाएका सञ्चारकर्मीको पुनस्थापन, राहत र स्वास्थ्य उपचारको लागि पहल गरियोस् । २) महासंघका सदस्यहरूको शुद्धीकरण गरी महासंघलाई मर्यादित र जिम्मेवार बनाइयोस् । पत्रकारिता गरिरहेका पेसागत पत्रकारहरूको सहज र निष्पक्ष रुपमा सदस्यता प्राप्त हुने सुनिश्चितता गरियोस् । ३) नेपाल पत्रकार महासंघले परिचालन गर्ने प्रत्यक्ष विदेशी सहायतालाई रोकियोस् । महासंघलाई आत्मनिर्भर र स्वदेशी सहायताबाट सञ्चालन गर्न पहल गरियोस् । ४) समानुपातिक विज्ञापन प्रणालीलाई कार्यान्वयन गर्न संस्थागत पहल गरियोस् । ५) पत्रकारहरूको वृद्धि विकास गर्न तालिम र प्रशिक्षणको व्यवस्था गरियोस् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :