नेकपा काठमाडौँद्वारा जुल्फीबहादुर पाख्रिनप्रति भावपूर्ण श्रद्धाञ्जली

नेकपा काठमाडौँद्वारा जुल्फीबहादुर पाख्रिनप्रति भावपूर्ण श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति काठमाडौँले जुल्फीबहादुर पाख्रिनप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरेको छ । काठमाडौँ जिल्ला इन्चार्ज प्रज्वल र सेक्रेटरी तुलसीनारायणले शोक वक्तव्यमार्फत दक्षिणकाली नगर सदस्य विशाल पाख्रिनको बुवा जुल्फीबहादुर पाख्रिनको ४५ वर्षको उमेरमा मिर्गौला सम्बन्धी रोगका कारण माघ १२ गतेका दिन असामयिक निधन भएकोमा दुखीत भएको भन्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै विशाल लगायत सम्पूर्ण शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

शोक वक्तव्यमा भनिएको छ, ‘हाम्रो गौरवशाली एवम् जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी, दक्षिणकाली नगर सदस्य विशाल पाख्रिनको बुवा जुल्फीबहादुर पाख्रिनको ४५ वर्षको उमेरमा मिर्गौला सम्बन्धी रोगका कारण यही माघ १२ गतेका दिन असामयिक निधन भएकोमा हाम्रो पार्टी दुखीत भएको छ । हामी मृतक जुल्फीबहादुर पाख्रिनप्रति भाव पूर्ण श्रद्धाञ्जली प्रकट गर्दछौँ र कमरेड विशाल लगायत सम्पूर्ण शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :