नेपाल पत्रकार महासंघ सुदूर–पश्चिम प्रदेशलाई मार्यादित पत्रकारिताको विषयमा ज्ञापन पत्र

नेपाल पत्रकार महासंघ सुदूर–पश्चिम प्रदेशलाई मार्यादित पत्रकारिताको विषयमा ज्ञापन पत्र

धनगढी : जनपत्रकार सङ्गठन नेपाल सुदूर–पश्चिम प्रदेश समितिको आयोजनामा नेपाल पत्रकार महासंघ सुदूर–पश्चिम प्रदेश कैलालीको धनगढीमा मर्यादित अनुशासित र जिम्मेबार पत्रकारिता बनाउने विषयमा तपसिल बमोजिमको ५ बुँदे ज्ञापनपत्र बझाएको छ ।

ज्ञापनपत्र ग्रहण गर्दै पत्रकार महासंघ प्रदेशका सचिव हरी जोशीले ज्ञापन पत्रमा उत्थान गरिएका विषयवस्तु सही र अहिलेको समय सान्दर्भिक भएको हुँदा आफ्नो नीति निर्णयमा लागू गरि अगाडी बढ्ने र यसमा सबै पत्रकार साथीहरूले साथ दिनुपर्ने बताए ।

ज्ञापनपत्र पेस गर्दै जनपत्रकार सङ्गठन नेपालका प्रदेश अध्यक्ष प्रकाश थापाले पत्रकार महासंघ भनेको सबैको साझा सङ्गठन भएकोले हामीले उठाएका एजेण्डालाई कुनै पुर्वाग्रह ढङ्गले नहेरी कार्यान्वयन गर्नुपर्ने बताए । सो सन्दर्भमा आफ्नो भनाइँ राख्दै प्रदेश सचिव धर्मसिंह विकले यो प्रदेशभित्र पनि नेपाल सरकार र भारतीय सरकारको सुराकी भई दलाली गर्ने पत्रकारलाई पत्रकार महासंघले तु कारवाही गर्नुपर्ने बताए ।

ज्ञापनपत्र पेस गर्दा प्रदेश अध्यक्ष प्रकाश थापा, सचिव धर्मसिंह विक, सदस्यहरू राजन जैगडी, पुष्पा साउँद र भरत दासलगायतको उपस्थिति रहेको थियो । त्यसैगरी कैलाली, कञ्चनपुर, डडेल्धुरा र अछाम जिल्ला समितिले पनि नेपाल पत्रकार महासंघ जिल्ला शाखालाई ज्ञापनपत्र बुझाएको छ ।

बुझाएको ज्ञापनपत्र बुँदागत् रुपमा :–

१) श्रमजीवी पत्रकारहरूको न्युनतम् पारिश्रमिक, पेशागत सुरक्षा र स्थायित्वलाई सुनिश्चित गर्न ठोस पहल गरियोस् साथै कोभिडका कारण रोजगार गुमाएका सञ्चारकर्मीको पुनस्थापना, राहत र स्वास्थ्य उपचारका लागि पहल गरियोस् । २) सदस्यहरूको शुद्धीकरण गरि महासंघलाई मर्यादित र जिम्मेवारी बनाइयोस् । पत्रकारिता गरिरहेका पत्रकारहरूलाई सहज र निश्पक्ष रुपमा सदस्यता प्राप्त हुने सुनिश्चित गरियोस् । ३) नेपाल पत्रकार महासंघले परिचालन गर्ने प्रत्यक्ष विदेशी सहायतालाई रोकियोस् । महासंघलाई आत्मनिर्भर र स्वदेशी सहायताबाट सञ्चालन गर्न पहल गरियोस् । ४) समानुपातिक विज्ञापन प्राणालीलाई कार्यान्यवन गर्न संस्थागत पहल गरियोस् । ५) पत्रकारहरूको वृद्घि विकास गर्न तालिम र प्रशिक्षणको व्यवस्था गरियोस् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :