मजदुरहरूको समस्या समाधान गर्न उचित स्थानको खोजी गरी व्यवस्थापन गर : लामिछाने

मजदुरहरूको समस्या समाधान गर्न उचित स्थानको खोजी गरी व्यवस्थापन गर : लामिछाने

चितवन : नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ जिल्ला समिति चितवनले फुटपात स्वरोजगार मजदुरहरूको समस्या समाधान गर्न उचित स्थानको खोजी गरी व्यवस्थापन गर्न अनुरोध गरेको छ । शुक्रबार जिल्ला संयोजक ओम लामिछानेले प्रेस विज्ञप्तिमार्फत केही दिन यता भरतपुर महानगरले फुटपात स्वरोजगार मजदुरहरूले व्यापार गरि आफ्नो जिविका निर्वाह गर्दै आएका मजदुरमाथि महानगरको आदेशमा नगर प्रहरीले ज्यादती पूर्ण व्यवहार गरेकोप्रति सङ्गठनको ध्यानआकर्षण भएको बताएका छन् ।

संयोजक ओम लामिछानेले प्रेस विज्ञप्तिमा भनेका छन्, ‘अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ स्थापना कालदेखि निरन्तर मजदुर हकहितको निम्ति सङ्घर्षसिल रहेको सबैमा सर्वविदितै छ । केही दिन यता भरतपुर महानगरले फुटपात स्वरोजगार मजदुरहरूले व्यापार गरि आफ्नो जिविका निर्वाह गर्दै आएका मजदुरमाथि महानगरको आदेशमा नगर प्रहरीले ज्यादती पूर्ण व्यवहार गरेकोप्रति हाम्रो सङ्गठनको ध्यानआकर्षण भएको छ । उक्त समस्या समाधान गर्न उचित स्थानको खोजी गर्न स्वरोजगार मजदुरहरूको व्यवस्थापन गर्न अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :